बाल विवाह,वहु विवाह न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न 

0
334

उदयपुर । बाल विवाह,वहु विवाह न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सोमवार मुलधार महिला सेवा केन्द्र मासवेश उदयपुरको आयोजना र त्रियुगा नगरपालिका वडा नम्वर १ वडा कार्यलयको सहयोगमा जोगिदहमा कार्यक्रम सम्पन्न भएको हो ।

“हरेक घर हरेक पालिका हुनुपर्छ साहासी बालिका” भन्ने मुल नारा संगै कार्यक्रमको आयोजना गरिएको मासवेश उदयपुरका अध्यक्ष नजवुल खानले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी संघिय सासद लक्ष्मि परियारले यस अभियानले बाल विवाह न्युनिकरणको लागी मुख्य भुमिका खेल्न सक्ने बताउनु भयो । यो अभियानलाई सफल बनाउन सवै क्षेत्रवाट साथ सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर देवी चौधरी,वडा नम्वर १ का वडा अध्यक्ष मनोज कुमार चौधरी,आभास अभियानका प्रवक्त सरिता राई,उदयपुर जेसीस का अध्यक्ष शर्मिला थापा,मासवेसका कोषाध्यक्ष आन्नवती चौधरी,स्थानिय जनप्रतिनिधी,सरोकार वला निकाय र स्थानिय बालिकाहरुको उपस्थिती रहेको थियो ।

सचेतनामुलक कार्यक्रम आभासा राष्ट्रिय अभियानता संयोजक तथा मासवेश उदयपुरका अध्यक्ष नजवुल खानको अध्यक्षतामा सम्पन्न कार्यक्रका संचालन स्मारिक ढकालले गर्नुभएको थियो ।