मलिथम च्यामपियनशिपको फानलमा जे.वाइ.सी जोगिदह र हडिया एफ.सी भिड्दै

0
290

डिएन चौधरी,उदयपुर । जे.वाइ.सी जोगिदह र हडिया एफ.सी क्लव फानलमा भिडदै छ । मलिथम थारु सेवा समाज उदयपुरद्धरा आयोजित प्रथम मलिथम फुटवल च्यामपियनशिप २०२१को फाइनल खेलमा जे वाइ.सी जोगिदह र हडिया एफ.सी बिच खेल हुने भएको हो ।

जे.वाई.सी जोगिदहले लक्ष्मिपुर एफ.सीलाई ट्राईबेकरमा २ गोलको अग्रताले फाइनमा प्रवेश गरेको हो भने हडिया एफ.सीले कालिका एफ.सी क्लव चौदन्डिगढी ०५ लाई ० को विरुद्ध १ गोलको अग्रताले फाइनमा प्रवेश गरेको छ । फाइनलमा प्रवेश गरे संगै यि दुई समुह च्यापियनशिपको लागी फाइनलमा भिड्दै छ ।

लागुपदार्थ दुव्यर्सनी विरुद्धको अभियान अन्तर्गत जिल्लाको थारु समुदायका युवाहरुलाई लक्षित गरी वडा दशै र आउदै गरेको शुभदिपावलीको अवसर पारेर संचालित फुटवल च्यामपियनशिपको फाइनल खेल भोली कार्तिक २ गते हुने मलिथमका अध्यक्ष संजय चौधरीले बताए । उनले,८ वटा टिम सहभागी रहेको च्यामपियनशिपमा जे.वाइ.सी जोगिदह र हडिया एफ.सी क्लव फाइनलमा पुगेको जनाए ।

यस्तै पहिलो चरणको सेमीफाइनल खेलमा हडिया एफ.सीको तर्फवाट गोलकिपर संजय चौधरी म्यान अफ द म्याच घोषित भए भने,दोश्रो चरणको खेलमा हडिया एफ.सी का जर्सी नम्वर ७ का खेलाडी आशिष चौधरी भए ।

उदयपुरको वेलका नगरपालिका १ पुरन्दह स्थित श्री जनता वेलका मावीमाको खेल मैदानमा संचालित खेलको विजेताले नगद २५ हजार संगै शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप विजेताले नगद १५ हजारमा चित्त बुझाउनु पर्ने छ ।थप सम्बन्धित समाचारहरु

१ उद्धघाटन खेलमा लक्ष्मिपुर एफ.सी र कालिका एफ.सी चौदन्डिगढीको जित

२ प्रथम मलिथम फुटवल च्यामपियन शिपको सम्पुर्ण तयारी पुरा

३ मलिथम फुटवल समुहलाई जर्सी सहयोग