प्रतिकुल मौसमका कारण मलिथम फुटवल च्यामपियनशिपको फाइनल खेल स्थगित 

0
23

डिएन चौधरी ,उदयपुर । प्रतिकुल मौसमका कारण मलिथम फुटवल च्यामपियनशिपको फाइनल खेल स्थगित भएको छ। आज हुने भनिएको जे.वाइ.सी जोगिदह र हडिया एफ.सी क्लवको फाइनल खेल स्थगित भएको हो । गएराती देखीको अविरल वर्षा र हावाहुरीका कारण अर्को सुचना नआउनजेल सम्मको लागी फाइनल खेल स्थगित गर्नुपरेको मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष संजय चौधरीले बताए ।

निरन्तर बर्षाका कारण मौसमा सुधार आउने सम्भावना नदेखी पछी कार्य समतीको तत्कालिन निर्णय अनुसार अर्को सुचना नआउनजेल सम्म स्थगित गरिएको जानकारी दिए । उनले,क्रमश मौसमा सुधार आए पश्चात कार्यसमितीको छलफल पछी फाइनल खेल कहिले संचालन गर्ने भन्ने बारे जानकारी गराइने बताए । । उनले,फाइनल खेलको सम्पुर्ण तयारी पुरा भइसके पनी मौसमको प्रतिकुल असरले गर्दा अन्तिम समयमा खेल स्थगित गर्नु परेको वताए । खेल स्थगितले खेलाडी र दर्शकहरुमा पर्न गएको असुविधा प्रति आयोजक क्षमाप्रार्थी समेत रहेको उनले बताए ।

आज कार्तिक २ गते हुने भनिएको फाइनल खेलमा जे.वाइ.सी जोगिदह र हडिया एफ.सी क्लवले मलिथम च्यामपियनशिपको लागी खेल्दै थियो । वडा दशैको अवसर पारेर युवाहरुलाई लागु पदार्थ दुव्र्युसनी विरुद्धको अभियान अन्तर्गत असोज ३० गते वाट च्यामपियनशिप सुरु भएको थियो । जसमा ८ वटा सहभागी टिम मध्ये जे.वाइ.सी जोगिदह र हडिया एफ.सी क्लव फाइनमा पुगेका छन् ।

उदयपुरको वेलका नगरपालिका १ पुरन्दहमा स्थित श्री जनता वेलका मावीको खेल मैदानमा जारी खेलमा प्रदेश १ का प्रदेश सभा सदस्य माननिय सुनिता कुमारी चौधरीको प्रमुख अतिथ्यतामा समापन गर्ने तयारी रहे पनी मौसमका कारण अन्तिम चरणमा आएर स्थगित भएको हो ।

अर्को सुचना सार्वजनिक गरेर फाइनल खेल छिटै संचालन गर्ने आयोजकले जनाएको छ । च्यामपियनशिपको विजेताले शिल्ड,मेडल र प्रमाण पत्र संगै नगद २५ हजार प्राप्त गर्ने छ भने उप विजेताले १५ हजार प्राप्त गर्नेछ ।

देशका अधिकांश भू–भागमा वर्षा जारी

बङ्गालको खाडी र मध्य भारतमा रहेको ९उत्तरतिर सर्दै गरेको० न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा समेत भएको छ ।

पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन प्रभाव रहने मौसमविद् मञ्जु बसीले बताए ।
आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

साथै, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान र प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि प्रदेश नं १र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन(चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।स्रोतःरासस