उद्धघाटन खेलमा लक्ष्मिपुर एफ.सी र कालिका एफ.सी चौदन्डिगढीको जित

0
353

डिएन चौधरी ,उदयपुर । प्रथम उदयपुर मलिथम फुटवल च्यामपियनशिप२०२१ को उद्धघाटन खेलमा लक्ष्मिपुर एफ.सी क्लव लक्ष्मिपुर बिजय भएको छ ।

पहिलो चरणको खेलमा टि.एफ.सी ज्यामिरेलाई १ गोलको विरुद्ध ४ गोलको अग्रताले जित संगै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै दोश्रो चरणको खेलमा कालिका एफ.सी चौदन्डिगढीको जित भएको छ । हिमालयन युवा क्लक मोथियाहीलाई ० को विरुद्ध ३ गोलको अग्रताले जित हासिल गरेको हो ।

मलिथम थारु सेवा समाज उदयपुरको आयोजनामा वडा दशै र आउदै गरेको शुभ दिपावलीको अवसर पारेर शनिवार देखि बेलका नगरपालिका १ स्थित श्री जनता वेलका मावीको खेलमैदानमा च्यामपियनशिप सुरु भएको छ । लागु पदार्थ दुव्र्यसनी विरुद्धको अभियान अन्तरर्गत जिल्लाको थारु समुदायको युवाहरुलाई लक्षित गरी च्यामपियनशिपको अयोजना गरेको संस्थाका अध्यक्ष संजय चौधरीले बताए ।उनले,प्रतेक वर्ष फरक फरक नगरपालिकामा संचालन हुने जनाए । सन् २०२२ चौदन्डिगढी नगरपालिका र २०२३ मा त्रियुगा नगरपालिका गाईघाटको थरुहट रंगशालामा संचालन गर्ने योजना रहेको बताए ।

खेलको उद्धघाटन प्रमुख अतिथी प्रदेश १ का प्रदेश सभा सदस्य मानिनिय सुनिता कुमारी चौधरीले गर्नुभयो । उद्धघाटन गर्नुहुदै उहाँले खेलकुदले शरिरलाई फुर्तिलो र स्वास्थय वनाउने भएकोले खेलकुद मानिसको लागी  अपरिहार्य रहेको बताउनुभयो । थारु युवाहरुलाई प्रोत्साहनको लागी खेलकुदको आयोजना गरेकोमा आयोजक समुहलाई उहाँले धन्यवाद समेत दिनुभयो ।

यस्तै शुभकामना मन्तव्य राख्नुहुदै कार्यक्रममा बिशिष्ट अतिथी वेलका नगरपालिकामा नगर प्रमुख दुर्गाकुमार थापाले मलिथमको अभियान अन्र्तगत खेलकुदको सुरुवात वेलका नगरपालिका वाट सुरुवात गरेको धन्यवाद व्यक्त गर्नभयो । खेलको माध्यमवाट टोल,गाउँ हुदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउन सक्ने माध्यम भएकोले युवाहरु खेलप्रति चासो राख्नुपर्ने बताउनुभयो ।

यस्तै उद्धघाटन कार्यक्रमा शुभकामना मन्तव्य राख्नु हुदै चौदन्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईज्युले लागु पदार्थ दुव्र्यसनी विरुद्धको अभियानलाई खेलकुदको माध्यमवाट सचेतना फैलाउने कामको सुरुवात युवाहरुले  गरेको हुदा यस्ले लागु पदार्थ दुव्र्यसनीलाई न्युनिकरण गुर्न केहि हद सम्म मद्धत पुग्ने बताउनुभयो। उहाँले च्यामपियनशिप खेललाई नगरपालिकाको आवश्यक साथ सहयोग रहने पनी प्रतिवद्धता जनाउनुभयो ।

यस्तै पहिलो चरणमा भएको खेलको म्यान अफ द म्याच लक्ष्मिपुर एफ सी को तर्फ वाट जर्सी नम्वर ८ का खेलडी मुना चौधरी घोषित भए भने,दोश्रो चरणको खेलमा चौदन्डिगढी ०५ का लभ सागर चौधरी घोषित भए ।

आइतवार पहिलो चरणमा रातापानी एफ.सी र जे.वाई.सी जोगिदह विच खेल हुदैछ भने दोश्रो चरणमा हडिया एफ.सी र एन.एस.वाई.सी बेलहा विच खेल हुदैछ ।कार्तिक २ गते हुने फाइनल खेलको बिजेताले नगद २५ हजार संगै ट्रफी,मेडल र प्रमाण पत्र पाउने छ भने उप बिजेताले ट्रफी,मेडल र प्रमाण पत्र संगै नगद १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।