सामुदायिक रेडियोमा कोभिड महामारीको प्रभाव वारे कार्यशला गोष्ठि सम्पन्न 

0
282

उदयपुर । सामुदायिक रेडियोमा कोभिड महामारीको प्रभावका वारेमा कार्यशाला गोष्ठि सम्पन्न भएको छ । मंगलवार सामुदायिक रेडियो उदयपुर र अमार्क एसिया प्रशान्त कार्यलय काठमाण्डौको सहयोगमा गाईघाटको होटल कोहवरको सभा हलमा कार्यशला गोष्ठि सम्पन्न भएको हो ।

कोभिडको वेला सामुदायिक रेडियोले खेलेको भुमिका र एक अर्काको असल अभ्यास चुनौतीको विषयहरु एक आपसमा अनुभव आदान प्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको महिला सशिक्तकरण श्रोत केन्द्र रेडियो उदयपुरका कार्यकारी निर्देशक तथा स्टेश्न म्यानेजर बन्दना दनुवारले बताउनुभयो ।
उहाँले कोभिडको माहामारीको वेला सामुदायिक रेडियोहरुले कसरी काम गरिरहेको छ ?काम गर्ने संचारकर्मी जनशक्तिको अवस्था ,रेडियोमा स्थानिय सिमान्कृत महिलाहको आवाज र समस्याहरुलाई कसरी ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो ।

कोभिडको वेला सामुदायिक रेडियोहरुको स्थानियमा प्रभावकारिता वढेर गएको आपन एफ.एम राजविराजका नविन नर्सिङ नेपालीले बताउनुभयो। देशनै कोभिडले आक्रन्त वनेको वेला स्थानियको भरपर्दो सुचनाको माध्यम सामुदायिक रेडियो बन्न पुगेको उहाले बताउनुभयो । यस्तै महामारीको वेला विरामीहरुको उपचारको लागी रेडियोको माध्यम वाट अस्पताल र चिकित्सकहरुलाई पहल गर्ने काम गरेको रेडियो सौगात लहानका स्टेश्न म्यानेजर भारती कुमारी गुप्ताले बताउनुभयो । यस्तै विपद्को वेला स्थानियको हरपल नजिक रहेर गुनासो,समस्यालाई सम्बन्धित निकायहरुमा पुगाउने पहलकदमी भुमीका खेलेको रेडियो समग्र लाहानका सन्जु कुमारी दासले बताउनुभयो ।

कोभिडको वेला जसरी सामुदायिक रेडियोहरुले स्थानियको साथी भएर निरन्तरण सहि सत्य सुचना प्रवाह गरिरहयो तर राज्यले रेडियोलाई जसरी हेर्नु पर्ने त्यसरी नहेरेको सहभागीहरुले गुनासो समेत गरेका छन् । उनीहरुले एक अर्काको राम्रो र सफल अभियासहरु आफनो रेडियोमा पनी लागु गर्ने बताएका छन् । यस्तै कोभिडले असर संगै अवसरहरु पनी दिएको उनिहरुले बताएका छन् महामारीको वेला नयाँ प्रविधहरु संग नजिक भएर प्रविधिहरुको ज्ञान बटुल्न समेत अवसर पाएको बताएका छन् ।
प्रदेश नम्वर १ र २ को ३ जिल्ला उदयपुर,सिरहा र सप्तरी गरी ८ वटा रेडियोको १७ जना रेडियोमा आवद्ध संचारकर्मीहरुको सहभागी रहेको थियो ।