ओरेकको तथ्याङ्ककमा भदौ महिनामा लैङ्गिक हिंसाको घटना बढ्दो 

0
328

उदयपुर । महिला पुर्नस्थापना केन्द्र, ओरेकले महिला तथा बालिका माथि हुने हिंसाका घटनाहरुलाई संकलन तथा विश्लेषण गरी निरन्तर रुपमा सञ्चार माध्यमहरु मार्फत लैंगिक हिंसाको अवस्था सार्वजनिक गर्दै आएको छ ।

यसलाई निरन्तरता दिदै भदौ महिनामा मात्र ओरेकले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१५९) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (४७) तथ्याङ्कका आधारमा २०६ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखिकरण गरेको छ ।

यसमा पनि महिलाहरु धेरैजसो घरपरिवार, आफन्त र समाजका मानिसहरुबाटनै बढी हिंसामा परेका छन्। जसले गर्दा महिलाको स्वतन्त्र नागरिकका रुपमा बाँच्न पाउने अधिकार हनन्भएको छ ।

ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा भदौमहिनामा १०९ वटा (५३ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलनभएको छ । यसैगरी ४१ वटा (२० प्रतिशत) बलात्कारको तथ्याँक संकलन भएको छ ।

महिला माथि भएका हिंसाको मासिक प्रतिवेदन भदौ,२०७८ (1)

त्यसैगरी २५ वटा (१२ प्रतिशत) सामाजिक हिंसाको घटना, ११ वटा (५ प्रतिशत) हत्याको घटना, ६ वटा (३ प्रतिशत) यौन दुव्र्यवहारको घटना त्यसैगरी ३ वटा (१ प्रतिशत) बलात्कारको प्रयास, ३ वटा (१ प्रतिशत) आत्महत्याको घटना, ३ वटा (१ प्रतिशत) मानव वेचविखनको घटनाको तथ्याकं संकलन भएको छ भनेत्यसैगरी ३ वटा ( १ प्रतिशत) मध्ये१ वटा अलपत्र अवस्थामा फेला परेका घटना, १ वटा साइवर अपराध र १ वटा एसिड आक्रमणको घटना संकलन भएका छन् त्यस्तै १ वटा (०.५ प्रतिशत) हत्या प्रयास र १ वटा (०.५ प्रतिशत) मानव वेचविखनको प्रयास जस्तो जधन्य अपराधको तथ्याँक संकलन भएको छ ।

उमेरको आधारमा विश्लेषण गर्दा भदौमहिनामा मात्रै सबैभन्दा धेरै ७१ जना (३४ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समुहका युवा महिलाहरु रहेका छन्। त्यसैगरी हिंसामा पर्ने सबै भन्दा बढी ६१ जना (३० प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु बढी हिंसमा रहेको पाइएको छ ।

त्यस्तै३४ जना (१७ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, २७ जना (१३ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका महिलाहरु, त्यस्तै ७ जना (३ प्रतिशत) ४६ देखि ५५ उमेर समुहका महिलाहरु रहेका छन भने ५ जना (२ प्रतिशत) ५६ वर्ष भन्दा माथि उमेर समुहका महिलाहरु रहेका छन । त्यसैगरी १ जना (०.५ प्रतिशत) उमेर समुह थाहा नभएका किशोरी तथा महिला हिंसाको जोखिममा रहेको पाइएकोछ ।

प्र्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा भदौमहिनामा सबैभन्दा बढी ९६ वटा (४७ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ४२ वटा (२० प्रतिशत) हिंसाको घटना छिमेकीबाट भएको छ, ३२ वटा (१६ प्रतिशत) परिवारका सदस्यवाट हिंसा भएको छ, त्यस्तै१७ वटा (८ प्रतिशत) हिंसा प्रेमिबाट, ७ वटा (३ प्रतिशत) हिंसा अपरिचित व्यक्तिबाट त्यसैगरी ६ वटा (३ प्रतिशत) सेवा प्रदायकबाट, ४ वटा (२ प्रतिशत हिंसा हिंसा साथिबाट, १ वटा (०.५ प्रतिशत) शिक्षकबाट र १ वटा (०.५ प्रतिशत) अविवाहित तर सँगै बसेका व्यक्तिबाट हिंसाको घटना भएको पाईएको छ ।यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ६१ जना (२९ प्रतिशत) युवाहरु रहेका छन्।
यसैगरी ४१ जना (२० प्रतिशत) १७ देखि २५ बर्ष उमेर समुहका युवाहरु रहेका छन, ३७ जना (१८ प्रतिशत) उमेर समुह थाहा नभएका युवा तथा पुरुषहरु, त्यस्तै३६ वटा (१७ प्रतिशत) ३६ देखि ४५ बर्ष उमेर समुहका पुरुषहरु छन, त्यस्तै १३ (६ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका पुरुषहरु छन्, भने१२ जना (६ प्रतिशत) ५६ वर्ष भन्दा माथिका पुरुषहरु र ८
जना (४ प्रतिशत) १६ वर्ष मुनिका किशोर हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको छ ।