“हरेक घर हरेक पालिका हुनुपर्छ शाहासी बालिका“ अभियानको सुरुवात

0
228

उदयपर । “हरेक घर हरेक पालिका हुनुपर्छ साहसी बालिका“ अभियानको सुरुवात अभियाको सुरुवात भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वाट यो अभियानको सुरुवात भएको हो । १० औँ अन्तराष्ट्रिय वालिका दिवस अवसर पारेर एक अन्तरकृया कार्यक्रम गरी यो अभियानको थालनी गरेको हो ।

मुलधार महिला सेवा केन्द्र मासवेस उदयपुरको आयोजनामा वालवालिकाहरु माथी हुने हत्या,हिसां र वलात्कार विरुद्ध एक हुट हाऔँ,उनीहरुको स्वास्थ्य,शिक्षा र सुरक्षित बाच्न पाउने अधिकार सुनिश्चित गरौ भन्ने मुल मन्त्रका साथ अन्तरकृया कार्यक्रमको आयोजना गरी दिवस मनाइएको माशवेश उदयपुरका अध्यक्ष नजवुल खान निलमले बताउनुभयो ।उहाँले हरेक घर हरेक पालिका हुनुपर्छ साहसी वालिका भन्ने नारालाई प्रतेक पालिकाहरुमा लागु गराउदै बालिकालाई सशक्तिकरण गराउने उद्धेश्य उदयपुरको त्रियुगा नगरपालिकावाट अभियानको रुपमा थालनी भएको बताउनुभयो ।

अन्तरकृया कार्यक्रममा वालिका,महिला अधिकारकर्मी,मानव अधिकारकर्मी संग जनप्रतिनिधीहरु विच अन्तरकृया तथा छलफल भएको थियो । कार्यक्रममा प्रमुख अतिथी त्रियुगा नगरपालिकाकाका मेयर वलदेव चौधरीले अझै समाजमा पितृसतात्मक सोच रहेकोले यसलाइ अवको पुस्ताले चिर्न जरुरी रहेको बताउनुभयो ।यस्तै कार्यक्रममा बोल्नु हुदै चौदन्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राई ,बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरी लगाएत जिल्ला प्रहरी कार्यलय उदयपुरले समेत अभियानमा प्रतिबद्धता जनाएको छ ।

गाईघाटको होटल एलेम्वरमा सम्पन्न कार्यक्रममा जिल्ला भित्रको नगरपालिका,गाउँपालिका ,जाल्पा एकिकृत विकास समाज ,टेवा धपाखेल ललितपुर,वियोण्ड बेईजिङ कमिटी,गौर सहकारी संस्था महासंघ र महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरको सहकार्यमा १० औँ अन्राष्ट्रिय वालिका दिवस उदयपुरमा भव्यताका साथ सम्पन्न भएको छ ।