४२औं सामाजिक सेवा दिवस उदयपुरमा विभिन्न कार्यक्रम गरि सप्ताहव्यापी रुपमा मनाईने 

0
213

 उदयपुर । ४२औं सामाजिक सेवा दिवस २०७८को अवसरमा आज गाईघाटको पिपल चोकमा दिप प्रज्वलन गरिएको छ । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला कार्य समिती उदयपुरको आयोजनामा बुधवार वेलुका दिप प्रज्वलन गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १का माननिय अम्बिका थापाले हामी नेपाली महिलाले हिजोको बुर्जुवा समाजमा महिलाहरुले विभिन्न हिंसा सहेर यहासम्म आएको र अवको दिनमा यस्ता हिंसा न्युनिकरणको लागि महिला आन्दोलनलाई निरन्तरता दिनु पर्ने बताउनु भएको छ ।

बुधवारबाट सुरु भएको सामाजिक सेवा दिवसको अवसरमा बुधबार विहान ८ बजे जानुका नेपालीको सालिक निर्माण गर्ने कार्य सार्वजनिक गरिएको छ । सामाजिक अभियन्ता स्वार्गिय जानुका नेपालीको हत्या काण्ड २०६२ मंसिर ३ गतेलाई स्मरण गर्दै महिला अधिकारको सवालमा यो दुखद घट्नादाई राष्ट्रिय रुपमै पहिचान दिलाउन शालिक निर्माणको थालनी गर्ने मानव अधिकार कर्मी नजबुल खान निलमले जानकारी दिनु भयो ।

महिला मुलधार सेवा केन्द्र मासबेस र दलित महिलासंघ फेडोको संयुक्त सहकार्यमा सालिक निर्माण कार्य थालनी गर्ने दलित महिलासंघ फेडोको सचिव पाण्डु परियारले बताउनु भएको छ । आज विहान त्रियुगा नगरपालीका १० बोक्से करम गाछिमा सरोकारवाला निकायसंगको शालिक निर्माण बृहत छलफल कार्यक्रममा सालिक निर्माण कार्य थालनि गर्ने जानकारी गराउनु भएको हो ।

१६ वर्ष अगाडी सामाजिक अभियान्ता जानुका नेपालीलाई बोक्से करम गाछि स्थित, नागरिकता बनाउने विषयमा विवाद सृजना हुदा खुकुरी प्रहार गरि हत्या गरिएको थियो । उक्त घट्नालाई स्मरण गर्दै ४२औं सामाजिक सेवा दिवसको अवसरमा नेपाललीको सालिक निर्माण गर्ने कार्य थालनी गर्ने मासबेस उदयपुरको अध्यक्ष नजबुलखान निलमले बताउनु भयो । खानले कार्यपत्र प्रस्तुत गर्नु हुदै उक्त दुःखद घट्नालाई राष्ट्रिय मुद्धा बनाईनु पर्ने, सामाजिक अभियन्ताहरुको सुरक्षाको राज्यले ज्ञारेन्टि लिई स्वास्थ्य विमा गर्नु पर्ने माग गरेको छ ।

उदयपुरमा सप्ताहा व्यापी रुपमा मनाउने सामाजिक सेवा दिवस उदयपुरमा विभिन्न गैरसरकारी संघसंस्थाहरुको संयुक्त सहकार्य र समन्वयमा ७ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।