विद्यार्थीलाई झोला वितरण

0
272

सुजा दनुवार,शाहिखोला । उदयपुरको त्रियुगा नगरापालिका वडा नम्वर ८ मा रहेको श्री खाटमन्दि आधारभुत विद्यालय साही खोलाका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।
चाइना फाउण्डेशनको सहयोगमा वडा कार्यलयले विद्यालायका विद्यार्थीहरुलाई झोला वितरण गरेको हो । मंगलवार विद्यालयमा एक कार्यक्रमको आयोजगरी प्रदेश १ सभा सदस्य हिमाल कार्कीको प्रमुख अतिथ्यतामा झोलांगै विद्यार्थीहरुलाई शैक्षिक समग्रीहरु वितरण गरेको विद्यालयका प्रधानध्यपक गोविन्द कटुवालले बताउनु भयो ।

झोला वितरण गर्दै प्रमुख अतिथी सासद हिमाल कार्कीले सामुदायिक विद्यालयका अभिभावकहरुले विद्यार्थीको सरसफाइमा ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी अहिले देशको उच्च स्थानमा रहेकोले विद्यार्थीभाइवहिनीहरुको गुनस्तरीय शिक्षा प्रदान गर्न शिक्षक शिक्षिकाको पनी भुमिका रहने गरेको वताउनु भयो ।
विद्यालयको १२५ जना द्यिार्थीलाई झोला वितरण गरेको छ । ्कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्वर ८ का अध्यक्ष कमल राउत,वडा सदस्य कमला कटुवाल,स्थानिय समाजसेवी राजकुमार राउत,विद्यालय व्यवस्थापन समिती,अभिभावक र विद्यार्थीहरुको उपस्थिीती रहेको थियो ।