उदयपुर रौतामाई गाउपालीकाका एक जना हस्तिको कोरोनाको कारण मृत्यु 

0
357

जेठ १७ गते, उदयपुर
नेपाल आदिवासी जनजाती महासंघ रौतमाई गाउपालीका समन्वय परिषदका अध्यक्ष तथा आप्रबासि कामदार हकहित संरक्षण समिती, उदयपुरका अध्यक्ष तुलबहादुर मश्राङ्गी मगरको कोरोनाको कारण मृत्यु भएको छ ।

निर्माण व्यावसायमा आवद्ध मगरको विराट नसिंङ्गहोममा उपचारको क्रममा जेठ १५ गते वेलुका ७ बजे मृत्यु भएको हो । मगर बैशाख २३ गते साथिको विवाहमा सामेल भएर घर फर्किए पश्चात २८ गतेदेखि ज्वरो आएको थियो ।

एकोहोरो ज्वरो आए पछि जिल्ला अस्पताल उदयपुरमा जेठ २ गते कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभको रिपोर्ट आएको थियो । कोरोना पोजेटिभ देखिने वित्तीकै कोभिड आईुलेशन, मदनभण्डारी आखा अस्पतालमामा भर्ना गराएर उपचार सुरु गरिएको थियो ।

कोभिड आईसुलेशनमा राखेर उपचार गराएका मगरलाई एक्कासी ज्वरो आई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारको लागि गते विराटनगर लगिएको थियो ।

विराटनगको विराटन सिंङ्गहोममा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा वहाको मृत्यु भएको हो । मगरको शव रौतामाई गाउपालीका ७ मुर्कुची ल्याएर शदगद गरिएको छ । वहाको मृत्युले रौतामाई गाउपालीकाको मगर समुदायमा ठुलो क्षति पुगेको छ ।

गाईघाट ११मा आफ्नै घरमा बस्दै आएको मगरको श्रीमती, एक छोरा र २ छोरी छन् । एक्कै घरका ३ जना दाज्भाईलाई कोरोना पोजेटिभ देखिएको थियो । वहाको कान्छा भाई सन्तोष मश्राङ्गी कोभिड आईसुलेशन गाईघाटबाट निको भएर घर फकिएएका छनु भने वहाको जेठो दाई पुष्कल मश्राङ्गी मगरको नोवेल हस्पिटल विराटनगरमा आईसियुमा राखेर उपचार भईरहेको छ ।