जेठ १८ गते, उदयपुर
कोरोनाले उदयपुरमा एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । रौतामाई गाउपालीका वडानम्बर ७ मुर्कुचीमा एकै परिवारका २ दाजुभाईको कोरोनाको कारण मृत्यु भएको हो । मुल घर मुर्कुची भए पनि त्रियुगा नगरपालिका ११ गाईघाट बस्दै आएका साईला भाईको जेठ १५ गते उपचारको क्रममा विराट नसिंङ्गहोममा मृत्यु भएको थियो । जेठा दाजुको आज नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । नोवेल अस्पतालमा आईसियुमा राखेर उपचार गर्ने क्रममा जेठा भाईको मृत्यु भएको हो ।
केहिदिन अभि एक्कै घरका ३ जना दाजुभाईलाई कोरोना पोजेटिभ देखिएको थियो । कान्छा भाई सन्तोष मश्राङ्गी मगर कोभिड आईसुलेशन गाईघाटबाट निको भएर घर फर्किसकेका छन् । जेठा र साईलाको स्वास प्रस्वासमा समस्या भएपछि थप उपचारको लागि विराटनगर रेफर गरिएको थियो ।
साईला भाई नेपाल आदिवासी जनजाती महासंघ रौतमाई गाउपालीका समन्वय परिषदका अध्यक्ष तथा आप्रबासि कामदार हकहित संरक्षण समिती, उदयपुरका अध्यक्ष हुन् । साईला भाईको मृत्युले रौतामाई गाउपालीकाको मगर समुदायममा ठुलो क्षति पुगेको नेपाल मगर संघ जिल्ला समन्वय परिषदका अध्यक्ष भक्त मगरले बताउनु भयो । गाईघाट ११ स्थित आफ्नै घरमा बस्दै आएका साईला भाईको श्रीमती, एक छोरा र २ छोरी छन् भने मुर्कुची बस्दै आएका जेठाको १ भाई ३ बहिनी छोरी र श्रीमती छन् ।