27.1 C
Udayapur
Friday, July 26, 2024

रेडियो उदयपुरको १२ औँ बार्षिक उत्सवको अवसमा विपन्न जेहेन्दार विद्यार्थीलाई सैक्षिक समाग्री सहयोग

रेडियो उदयपुर । सामुदायिक रेडियो उदयपुरले आफनो १२ औँ बार्षिक उत्सवको अवसमा सैक्षिक समाग्री वितरण वितरण गरेको छ ।

महिला शसक्तिकरण श्रोत केन्द्र उदयपुर द्धरा संचालित रेडियोले पालिका र वडा कार्यलयको सहकार्यमा जिल्लामा रहेको ४ जना विपन्न परिवारका जेहेन्दार किशोरी विद्यार्थीलाई सैक्षिक समाग्री सहयोग गरेको हो । त्रियुगा नगरपालिका २ जना र वेलका गरपालिकाका २ जना गरी ४ जना विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई पालिका र वडा कार्यलयको समन्वयमा सैक्षिक समाग्री सहयोग गरेको श्रोत केन्द्रका कार्यकारी निर्देशक तथा रेडियोका स्टेश्न म्यानेजर बन्दना दनुवारले बताउनुभयो ।

यस्तै संस्थाले कोभिड प्रभावित क्षेत्रमा रहेको विपन्न कोभिडका विरामी घर परिवारलाई जिल्लाको कोभिड र्दुत प्रतिकार्य समहको सहकार्यमा १६ हजार वरावरको खाध्यन्न समाग्री सहयोग गरेको छ। यस्तै बेलका नगरपालिकामा जारी अक्सिजन प्लान्ट निमार्ण अभियानमा १० हजार सहयोग गरेको निर्देशक दनुवारले बताउनुभयो ।

यस्तै बार्षिक उत्सवकै अवसर पारेर नाटक लेखन प्रतियोगिताको नतिजा पनी सार्वजनिक गरेको छ । सामुदायिक रेडियो उदयपुरले आयोजना गरेको नाटक लेखन प्रतियोगितामा बिनोद कुमार दास प्रथम हुनु भएको छ । दासले लेख्नु भएको नाटक ः बेस्ट फ्रेन्डले प्रथम स्थान हाँसिल गरेको छ भने समिक्षा विशंखेले लेख्नु भएको नाटक पाईला परिवर्तन तर्फ द्धितिय भएको छ ।

सामुदायिक रेडियो उदयपुरले आह्वान गरेको नाटक लेखन प्रतियोगीतामा समाबेस भएका नाटकहरु मध्य बाट उत्कृष्ट दुई नाटक छनौट भएका हुन ।यी नाटकलाई रेडियो उदयपुरको कार्यक्रम सुनौलो पाईलामा धाराबाहिक रुपमा प्रशारण गरिने छ । साथै प्रथम पुरस्कार २ हजार, द्धितिय पुरस्कार १५ सय रुपैँया नगद पुरस्कार प्रदान गरिने रेडियो संयोजक सुजता ढुंगनाले बताउनुभयो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा न ९ राजाबास, नबउदयटोलमा रहेको रेडियोले प्रतेक वर्ष आफनो बार्षिक उत्सवको अवसरमा औपचारिक कार्यक्रम आयोजना गर्दै आइरहेको रेडियोले यो वर्ष पनी कोभिड १९ को दोश्रो कहरले गर्दा अनलाइन वेस उत्सव तथा रेडियो कार्यक्रमहरु संचलान गरी मनाएको छ ।

थप समाचार

सामुदायिक रेडियो उदयपुर १३ औं वर्षको यात्रामा(भिडियो सहित)

सिफारिस

ताजा खबर