डिएन खोहरीया थारु ,उदयपुर । उदयपुरमा यो वर्ष माघी महोत्सव भव्यताको साथ सम्पन्न भएको छ । थारु समुदायको मौलिक पर्व तिलासंक्रातीको अवसरमा आयोजित माघी महोत्सव भव्य रुपमा उदयपुरको दुई स्थानमा सम्पन्न भएको हो । त्रियुगा नगरपालिका १३ बेहड्वा र वडा नम्वर १२ र २ को संगम स्थल त्रिवेणी मेलामा यो वर्ष माघी महोत्सवको आयोजना भएको थियो ।
संघर्षशिल युवा क्लवले बेहड्वा स्कुलको प्रंगणमा विहिवार भव्य रुपमा कार्यक्रमको आयोजना गरेको थियो भने थारु कल्याणकारणी सभा उदयपुरले त्रिवेणी मेला निर्माणधिन थारु संग्रहालय तथा अध्यन अनुसन्धान केन्द्रको परिसरमा कार्यक्रमको आयोजना गरिएको थियो ।
यो वर्षको माघी महोत्सवमा थारु चर्चित गायिका अनुमा चौधरी,आरसी चौधरी,भिभास चौधरी,राम नरायाण खोन्मा थारु,सुरेश थारु त्यसैगरी स्थानिय थारु गायिका संन्तोषी चौधरी,आरपी चौधरी,सागर चौधरी लगाएत स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो । त्यसैगरी बेहड्वा महोत्सवमा खुल्ला निृत्य प्रतियोगिता तर्फ कालिका कर्णधार समुह बेल्टार प्रथम रिपव्लिक युवा समुह १३ द्धितिय,सरस्वती युवा क्लब देउरी तृतिय र क्रमश खुसी सास्कृतिक वाल समुह,नवरचना युवा क्लव र्पोतहा र राजारानी कृतन मन्डली सतपत्या सान्तवना हुन सफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरपालिका उपमेयर देवि चौधरीले उदयपुरमा पनी थारु घर आगनमा मनाउदै आएको पर्व सास्कृतिक रुपमा खुल्ला स्टेज,सभा,मेला र महोत्सवको रुपमा मनाएको हेर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।
थारु महिलाहरु शिरमा कलश बाकेर गाउँ परिक्रमा गरेपछी सुरु भएको महोत्सवमा थारु समुदायको मौलिक परिकार,लाय,मुरही,तिलुका लडु,(तिल र भुजाको लडु,डला ) चिचरी भात(अन्डी चामल),बासमती चामलको खाना,घोङ्गी,सितुवाको परिकार लगाएको समाग्रीहरु स्टलमा राखिएको थियो । कार्यक्रमलाई सफल बनाउन छिमेकी जिल्ला सुनसरी र सप्तरीका थारु समुदाय वाट उपस्थिीत रहेको थियो । महोत्सवको मलिथम थारु सेवा समाज उदयपुरको समन्वय रहेको थियो ।