रेडियो,उदयपुर,उदयपुर । महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरको १२ औँ वार्षिक साधरण सभा सम्पन्न भएको छ । रेडियो उदयपुरको मातृ संस्था समेत रहेको श्रोत केन्द्रको विहिवार ओरेक नेपालको सभाहलमा साधरण सभा सम्पन्न भएको हो । “समानता र सशक्तिकरणको लागी हाम्रो अभियान”भन्ने नारा वोकेको यस संस्थाले निरन्तर महिलाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
कार्यक्रमको प्रगति तथा सागठनिक प्रतिवेदन संस्थाको कार्यक्रम संयोजक अप्सरा समालले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको २०७६÷०७७को आर्थिक प्रगती प्रतिवेदन संस्थाका कोषाध्यक्ष राधा मगरले प्रस्तुत गर्नुभएको थियो । यस्तै भेलाले संस्थाको पाच बर्षे रणनितिक योजना र बार्षिक कार्ययोजना पास गरेको छ । संस्थाले रेडियो संचालन संगै मिडया सेन्टर एरावत संचालन गर्दै आइरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी ओरेक नेपालका अध्यक्ष रामवती चौधरीले श्रोत केन्द्रले निरन्तर महिलाको अवाजलाई बुलन्द वनाइरहेको बताउनुभयो । उहाँले श्रोतकेन्द्रले महिलाको सशक्तिकरणको पाटोमा विगतको भन्दा अहिले धेरै परिवर्तन भइसकेको वताउनुभयो । यसको श्रेय संस्थाको सस्थापक अध्यक्ष डा.रेनु अधिकारीलाई जान्छ उहाले भन्नुभयो । उहाँको सकारात्क विचारले आज ओरेक नेपाल र महिला सशिक्तिकरण श्रोत केन्द्र रेडियो उदयपुर यो स्थानमा पुग्न सफल भएको छ बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथीका रुपमा आउनुभएको त्रियुगा ८ र ९ का वडा अध्यक्ष कमल कुमार राउत र धनवहादुर दनुवाले आफुहरु स्थानिय निकायको तर्फ वाट श्रोत केन्द्रको प्रतेक अभियानहरुमा सहकार्य गर्ने जनाउनुभयो ।
कार्यक्रममा गैरसहकारी संस्था महासंघका केन्द्रिय सहल्लाकार सृजना दनुवारले महिलाको विषयमा कानुनमा धेरै कुराहरु समावेश भएपनी व्यवहारमा अझै पनी हाम्रो समाजले उत्तार्न नसेको जिकिर गर्नुभयो । उहाँले श्रोत केन्द्रले रेडियोको आवाज वाट गाउँ गाउँ टोल समुदायमा गएर महिलाको विषय वस्तुलाई उठान गर्नुपर्ने बताउनुभयो । उहाँले अझै कुविचार,कुस्कार र कुरुतीलाई चिर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा गैरसहकारी संघका केन्द्रिय सदस्य महेश्वरी राई, मानव अधिकार रक्षक संजाल उदयपुरका अध्यक्ष भरत खड्का,नेपाल पत्रकार महासंघका उपाध्यक्ष भोटराज राई,गैरसहकारी महासंघ उदयपुरका अध्यक्ष सुमन परियार लगाएतले आफनो मन्तव्य राख्दै श्रोत केन्द्रको काम र अभियानहरु प्रति खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा सधारण सदस्य,स्थानिय महिला,बुद्धिजिवी,समाजसेवी,युवा,किसोरकिसोरी,समाजिक अभियान्ता ,संचारकर्मी लगाएतको उपस्थित रहेको थियो ।त्रियुगा नगरपालिका वडा नम्वर ९ राजावसमा अवस्थीत श्रोत केन्द्रले अहिले महिला मैत्री समाजको निमार्ण ,किशोरकिशोरी,महिला युवाहरुलाई नेतृत्व विकास,लागुपदार्थ दुव्यसनी विरुद्धको अभियान र वाल विवाह न्युनिकरणको अभियानलाई प्राथमिकता राखेर काम गरिरहेको छ । मन्दिरा दनुवारको अध्यक्षतामा सम्पन्न भएको सभामा सस्थाको सचिव कमला खड्काले कार्यक्रम संचालन गर्नुभएको थियो ।