छिटै जय हो माघी गितको म्युजिक भिडियो आउदै ,उदयपुरको पहिलो थारु सांस्कृतिक भिडियो 

0
360

हडिया, उदयपुर । नयाँ थारु गित जय हो माघीको छिटै म्युजिक भिडियो दर्शकमाझ आउने भएको छ । सगरमथा मिडिया इन्टरटिमेन्टको प्रस्तुती र मलिथम थारु सेवा समाज उदयपुरको उत्पादन रहेको भिडियोको आइतवार  सम्पुर्ण छयांकन सकिए संगै र्दशकको माझमा लियाउने तयारी थालिएको छ । छिटै संस्थाको आधिकारीक युटुव च्यानल सगरमाथा मिडिया इन्टरटिमेन्ट वाट सार्वजनिक हुदैछ ।

थारु समुदायको मौलिक पर्व तिलासंक्राइत माघीको बिशेषता बोकेको गितको शव्द तथा संगित भगवानी चौधरी भिभासले दिएका छन् भने गायक आरसी चौधरी,भिभास चौधरी,विजय चौधरी र चर्चित थारु गायिका अनु चौधरीको स्वरमा उक्त गित सजिएको छ ।

जनक चौधरीको निर्देशन रहेको भिडियोमा मुख्य भुमिकामा सविता चौधरी,आरसी चौधरी,सम्झना चौधरी,उदयनरायण चौधरी,सबी चौधरी,डिएन खोहरीया थारु,भिभास चौधरी,विजय चौधरी र सिमा चौधरीलाई देख्न सकिन्छ । नृत्य निर्देशनमा सहयोग विमल चौधरी र राम नरायण खोन्माले गरेको छ ।

त्यसैगरी छयांकन सुमन तमाङ र कोशि भिजन फिल्म प्रा.लि इटहरीले गरेको मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष संजय चौधरीले बताए । उनले माघ १ गते तिलासंक्राती भन्दा अगाडीनै भिडियो सार्वजनिक हुने बताए । उनका अनुसार भिडियोमा थारु समुदायमा प्रयोग हुने तथा लोप हुन लागेको समाग्रीहरुको प्रयोग भएको वताए ।

उदयपुर जिल्लामा सास्कृतिक गितको यो पहिलो भिडियो समेत रहेकोले धेरै मेहनत गरेर तयार परिएको हुदा सवै दर्शक श्रोताको मन जित्न सफल हुनेमा आफु ढुक्क भएको बताउदै भिडियो सार्वजनिक भएपछी सवैजनाले हेरिदिएर सल्लाह सुझाव पनि दिन अनुरोध गरे ।

भिडियोमा उदयपुरको जलजले देखि बेल्हा सम्मको थारु वस्तीहरु वाट कलाकारहरुलाई समावेश गरिएको छ भने छिमेकी जिल्ला सिरहा,सप्तरी र सुनसरी वाट समेत रहेको छ ।

 

अडियो लिंक