उदयपुरमा श्रीमतिको टाउकोमा बन्चरो प्रहार गर्ने श्रीमान पक्राउ

0
292

उदयपुर । उदयपुरमा श्रीमतिको टाउकोमा बन्चरो प्रहार गर्ने श्रीमान पक्राउ परेको छ । त्रियुगा नगरपालिका ३ ठाडीका ४१ वर्षिय पारस सिंहले मंगलबार अन्दाजी ४ः३० बजेको समयमा श्रीमतिको टाउकोमा बन्चरो हानी गम्भिर घाइते बनाएको अभियोगमा पक्राउ परेको छ ।

श्रीमान्ले ३१ वर्षिय श्रीमति मिना खत्रीको टाउकोमा बन्चरोले हानी गम्भिर बनाई घटनास्थलबाट फरार भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताए ।

फरार श्रीमानलाई विशेष सूचनाको आधारमा ठाडी जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको एसपी दाहालले बताए । श्रीमतिको विराटनगर स्थित न्यूरो अस्पतालमा गम्भिर अवस्थामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।