Wednesday, July 22, 2026
Homeप्रमुख समाचारबोल्न नसक्ने महिलालाई करणी गरेको आरोपमा एक जना पक्राउ

बोल्न नसक्ने महिलालाई करणी गरेको आरोपमा एक जना पक्राउ

उदयपुर । उदयपुरमा बोल्न नसक्ने महिलालाई करणी गरेको आरोपमा  एक जना पक्राउ परेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका १३ स्थित दनुवारी चौकमा बोल्न नसक्ने एक महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा मंगलबार त्रियुगा नपा १२ पुरानो गाईघाट बस्ने ४३ वर्षिय सूर्य विश्वकर्मा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार अन्दाजी वर्ष २० की बोल्न नसक्नेलाई मंगलबार १२ बजेको समयमा निज पीडितकै घर कोठामा पसी जबरजस्ती करणी गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी प्रमुख दाहालले बताए ।

विश्वकर्मालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular