न्यायको खोजि बिषयक अन्तर संवाद कार्यक्रम सम्पन्न 

0
317

रेडियो उदयपुर,उदयपुर । ४१ औँ समाजिक सेवा दिवसको अवसर न्यायको खोजि बिषयक अन्तर संवाद कार्यक्रम सम्पन भएको छ । “समाजिक क्षेत्रः राष्ट्रिय गौरव”आजको प्राथमिकता,समृद्धि र सुखका लागी समाजिक रुपान्तरण र उधमशिलता भन्ने मुल नारा संगै ओरेक नेपालको सहयोगमा अग्रणी महिला संजाल उदयपुरको आयोजनामा महिला वादी श्रोत केन्द्र राजावसको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार भएको कार्यक्रममा हिसां प्रभावित महिलाहरुको प्रत्यक्ष उपस्थिीतीमा न्यायिक समितीका निकायहरुमा आफनो समस्या र गुनासोहरु राखेका छन् ।

उनीहरुले आर्थिक तथा पुनः समाजिक एकिकरणका लागी समाज र परिवारिक रुपमा बाधा अवरोध हुने गरेको बताएका छन् । त्यस्तै आफुहरुले कानुनी जटिलताका कारण सहज रुपमा न्याय नपाएको पनी गुनासो संगै जिल्ला प्रहरी कार्यलय उदयपुर सहित सम्विन्धत सवै न्यायिक निकायहरुमा १४ बुदे माग सहित ध्यानकर्षण पत्र समेत बुझाएका छन् ।

यस्तै कार्यक्रममा गौर सरकारी संघका केन्द्रिय सल्हाकार सृजना दनुवारले हिसामा परेका महिलाहरुलाई सम्बन्धित निकायले समैयमै समस्या सुनि दिने हो भने हिसांका घटना कम हुदै जाने बताउनुभयो ।

त्यसैगरी त्रियुगा नगरपालिकाका न्यायिक समितीका संयोजक तथा उप मेयर देवी कुमारी चौधरीले आफु माथी हिसां हुदा महिला स्वयम परिवार,समाजको डर,धम्कीले आफु अन्यायमा परेको कुरा बाहिर नलियाउदा झन थप हिंसामा पर्ने गरेको बताउनुभयो । उहाँले कुनै किसिमको समस्या,अन्याय भयो भने सम्वन्धित निकाय स्थानिय सरकार समक्ष जानकारी गराउन पनी अनुरोध गर्नुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख उपरिक्षक एसपी भिम वहादुर दहालले आफु माथी कुनै किसिमको हिसां भए सहेर नवसी तुरुन्तै प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो । महिला हिसां न्युनिकरणमा प्रहरी कार्यलय सम्वेदनशिल रेहेको वताउनुभयो ।

न्यायको खोजी बिषक अन्तर संवादको क्रममा जिल्ला समन्वय समिती उदयपुरका उप प्रमुख गंगा राइले सवै नियायलयहरुले हिसां सम्बन्धि सवै घटनाहरुलाई पहिलो प्राथमिकतामा राखेर कार्यनवय गर्नुपर्ने बताउनुभयो । उहाँले समनवय समितीले जिल्लाको सवै पालिकामा यो विषयमा बैठक तथा छलफल गरी अनुगमन समेत गरिरहेको बताउनुभयो ।

कार्यक्रममा हिसां प्रभावित महिलाहरु,न्यायिक समिती,प्रहरी कार्यलय,स्वस्थय कार्यलय,जिल्ला अदालत,वार एशोसियन,ओसिएमसि केन्द्र,गैर सरकारी संघ,महिला अधिकारकर्मी,संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

१४ बुदे माग सहित ध्यानकर्षण पत्र