गाँजासहित उदयपुरमा चार जना पक्राउ

0
284

उदयपुर । जिल्लाको बेलका नगरपालिकाबाट गाँजा ७ केजी गाँजा सहित चार जना पक्राउ परेका छन् । बेलका नगरपालिका–८ बाट लागुऔषध गाँजा ७ केजी गाँजा सहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बेलका नगरपालिका ८ का ४९ वर्षिय भुपाल राई, सोही वडाका २८ वर्षिय रोशन राई, बेलका नपा ९ का २३ वर्षिय कृष्णबहादुर राई र सोही वडाका १९ वर्षिय असोक राईलाई प्रहरीले पक्राउ गरेको छ ।

गाँजा ओसारपसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा खटेका विशेष प्रहरी टोलीले स्थानीय ४९ वर्षीय भुपाल राईको घरबाट ७ केजी गाँजा र ३३ हजार पाँच सय नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

गाँजासहित नियन्त्रणमा लिएका चारै जनालाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।