उर्मिला दनुवार,उदयपुर । जिल्ला ट्राफिक प्रहरीकार्यालय उदयपुरले गत आर्थिक बर्ष २०७६/०७७मा १ करोड ९४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कार्यालयले १५ हजार ७ सय ५० ओटा सवारी साधन कारबाहिबाट सो रकम संकलन गरेको हो ।
कार्यालयले सिटबेल्ड नभएका, क्षमता भन्दा बढि यात्रु राखि चलाएका, मादक पदार्थ सेवन गर्नेलाई कारवाही गरेको थियो । यस्तै छतमा सामान ओसारपसार गर्ने र तीव्र गतिमा चलेका सवारी साधनलाई , नो पार्किङ एरियामा रोकेर राखेको सवारि साधनबाट हेल्मेट नलगाउने रुटपरमिट नभएका सवारि साधनबाट,चालकहरुले पोसाक नलगाउने, जुत्ता नलगाउनेमोटरसाइकलमा ३ जना चढाउने साधनहरुलाई कारबाही गरेर सो रकम संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरि नायब निरिक्षक होम प्रसाद खनालले जानकारी दिनु भयो ।
बिषेश गरेर सवारि चालक अनुमति पत्र नभएकालाई र तिब्र गतिमा सवारि साधन चलाउने सबारि साधनलाई बढि कार्बाहि गरिएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख खनालले बताउनुभयो ।
कार्यालयले गत साउनमा ११ सय ५० वटा सवारि साधनलाई कारवाही ७ लाख ३०हजार, भदौमा १५ सय सवारि साधन कारबाहिबाट ९ लाख ३१ हजार राजश्व सङ्कलन भएको छ ।
त्यसैगरि असोज महिनामा १३ सय ४० वटा सवारि साधन कारबाहिबाट ८ लाख ५७ हजार ५ सय, कात्तिक महिनामा १४ सया सबारि साधन कारबाहिबाट ९ लाख २ हजार ५ सय, मंसिर महिनामा १७ सय ८० वटा सवारि साधन बारबाहि बाट १० लाख ८४ हजार ५ सय राजस्व संकलन भएको छ ।
त्यसैगरि पुस महिनामा १९ सय ५० वटा सवारि साधनबाट १३ लाख २४ हजार , माघ महिनामा २ हजार ५० वटा सवारि साधन काबाहि बाट १३ लाख ७० हजार फागुन महिनामा २ हजार सवारि साधनलाई कारवाहि गरेर १३ लाख २५ हजार ५ सय राजस्व संकलन भएको छ ।
त्यसैगरि चैत ११ गते बाट लकडाउन भए यता जेठको अन्तिम सम्म पुर्ण रुपमा लकडायन भएको कारण राजस्व र कारबाहि कम भएको छ जसमा चैत महिनामा ६ सय ५० वटा मात्र कारबाहि भएको छ यसबाट ४ लाख १५ हजार ५ सय राजस्व सङकलन भएको छ । बैशाख महिनामा ५० वटा मात्र सवारि साधन कारबाहि भएको छ यस बाट ३३ हजार ५ सय, त्यसैगरि जेठमा ३ सय ५० वठा सवारि साधन बाट २ लाख ९ हजार र असार महिनामा केहि लकडाउन खुकुलो भएको कारण बढेको छ ।
असार महिनामा १५ सय ५० वटा सवारि साधनबाट ९ लाख ४ हजार राजस्व संकलन भएको कार्यालयका प्रमुख खनालले जानकारि दिनु भएको छ ।