मालपोत कार्यलयको थप ६ जना सहित उदयपुरमा १५ जनामा कोरोना संक्रमण

0
278

उदयपुर । मालपोत कार्यलयका उदयपुरका थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । केहि समय अघि मात्र मालपोतका एक कर्मचारीमा कोरोना देखिएका थिए ।यस अघि कोरोना देखिएको मालपोतका एक कर्मचारीको परिवारमा पनि कोरोना संक्रमण फैलिएको छ । उनका आमा र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

प्रमुख सुवेदीका अनुसार मालपोत कार्यलयमा कार्यरत त्रियुगा नगपालिका १० का ४२, ४४, ३८, ३२, ३२,, र २६ बर्षका कर्मचारीहरु छन् भने कार्यलय बाहिरका त्रिनपा ९ का ६१ र ३० बर्षका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी बेलका नगरपालिकामा ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कार्यलय सहित जम्मा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यलय प्रमुख सुवेदीले बताउनुभयो ।

यता बेलकामा संक्रमण देखिएकाहरु ६०, ३८, २०, २०, १८, ३१ र १७ बर्ष उमेरकाहरु रहेको स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ ।