उदयपुरको बेलकामा प्रहरी र प्रदर्शनकारी बिच झडप 

0
333

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा दुबै पक्ष घाईते भएका छन् ।
कालो झण्डा प्रदर्शन गर्दै नगरपालिका धर्नाका लागि अघि बढेको भिडलाई रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको हो ।

झडपमा नेपाल प्रहरीका जवान राजकुमार बुढाथोकी घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ बेनपा ५ का ३७ वर्षिय रविन राई र बेनपा ९ का ६२ वर्षिय महेन्द्रबहादुर निरौला घाईते भएका हुन् ।

कोभिड १९ को कारण हुलहुज्जत गर्न प्रतिबन्धित क्षेत्रमा हुलहुज्जतका साथ नगरपालिका धर्नामाा अगाडि बढेकाहरुलाई गेटमा रोक्न खोज्दा प्रदर्शनकारिले ढुंगामुढा गरेको र प्रहरीले स्थितिलाई नियन्त्रण गर्न सामान्य बल प्रयोग गर्नु परेको उदयपुर प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताउनुभयो ।

हाल जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा बल खटेर बेलकाको स्थिति सामान्य बनेको बताईएको छ ।
केहि दिनअघि उपमेयर राजकुमारि चौधरीले भ्रष्टाचारलाई इंगित गर्दै फेसबुक स्टाटस् सार्बजनिक गरेपछि पारदशिताको माग गर्दै धर्ना दिन एक समुह आएको हो । उपमेयर चौधरीले भने फेसबुक स्टाटस्को अभिव्यक्ति फिर्ता लिएको भन्दै विज्ञप्ति जारि गरिसकेका छन् ।

सोही विषयमा शान्तिपूर्ण आन्दोलनमा चार जना बढी प्रदर्शनकारी घाइते भएको नेपाली काँग्रेस बेलका नपाका छाया सरकार प्रमुख असोक कार्कीले जनाएको छ ।

बेलका नगरपालिकामा तालाबन्दी गर्न जाने क्रममा सामान्य ठेलाठेल भएकोले झडप भएको प्रहरीले जनाएको छ ।यता प्रहरीले विहानैदेखि माइकिङ गरि कुनै पनि सभा सम्मेलन तथा भेला नहुन अनुरोध गरेका थिए ।