इलेभेन स्टार फुटबल क्लवलाई खेलकुद समाग्री सहयोग

0
403

बोक्से । स्थानिय युवाहरुलाई खेलकुदमा प्रोतसाहन गर्दै खेलकुद समाग्री प्रदान गरिएको छ । स्थानिय युवाहरुले व्यक्तिगत तवरवाट स्थानिय खेलाडीहरुलाई खेल प्रति आकर्षण बढाउन र प्रशिक्षणमा सहयोग पुग्ने हेतुले इलेभेन स्टार फुटबल क्लव बोक्से १० खेल समाग्रीहरु हस्तान्तरण गरेको हो ।


स्थानिय युवा विमल भुजेलका अनुसार ब्लवलाई संन्तोष खड्काले १५ सेट जर्सी,सुमन श्रेष्ठले,१२ सेट ट्र«ेनिङ जर्सी र ४ थान हल्डस,बावरी सामुदायिक वनले १५ थान स्र्पोट मोजा, नेपाल पुलिस क्लवका खेलाडी बुदुबल तामाङले ट्र«ेनिङ समाग्री ल्याडर १ थान,सोमराज राई,दिपक थापा मगरले दुई,दुई थान बल,किरण पाण्डे,बिमल भुजेलले १ थान बल र बिमल मगरले १ थान पम्फर १ सेट नेट जाली सहयोग गरेको जनाएको छ ।
खेलकुद समाग्री पाउदा क्लबका खेलाडीहरु खुसी भएका छन् । अहिले उनीहरुलाई नेपाल पुलिस क्लवका खेलाडी बुदुबल तामाङले खेल प्रशिक्षण गराइरहेको छ ।