रेडियो उदयपुरमा सुनौलो पाइला

0
400

डिएन चौधरी ,उदयपुर ।  अव देखि सामुदायिक रेडियो उदयपुरमा धाराबाहिक रेडियो नाटक सुनौलो पाइला सुन्न सकिन्छ ।

एकता नाट्य समुह र सामुदायिक रेडियो उदयपुर १०२थोप्लो ४ मेघाहर्जको संयुक्त प्रस्तुतीमा उत्पादन गरिएको रेडियो नाटक सुनौलो पाइला हप्ताको प्रतेक मंगलवार र शनिवार वेलुका साझ ७ वजेको थारु भाषाको समाचार पछि सुन्न सकिन्छ ।

उमेर नपुगी गरिने विवाहलाई कम गर्ने नाटकको मुख्य उद्धेश्य रहेको छ । अहिलेको यो विषम परिस्थीतीमा बाहिर फिल्डमा गएर बाल विवाह न्युनिकरणका अभियानहरु संचालन गर्न नसकिने र जान पनी नमिल्ने भएकोले रेडियो कार्यक्रम मार्फत रेडियो नाटक सुनौलो पाइलाको सुरुवात गरिएको रेडियोका स्टेशन म्यानेजर बन्दना दनुवारले बताउनुभयो । उहाँले महिला सशिक्तिकरण श्रोत केन्द्र उदयपुर द्धरा संचालित सामुदायिक रेडियो उदयपुरले निरन्तर महिलाको आवाजलाई बुलन्द बनाइरहेको बताउनुभयो ।

नाटकको माध्यमवाट उमेर नपुगी गरिने विवाहमा कमी हुने अपेक्षा लिएको छ । छिटो गर्ने र गराइने विवाहको अन्तरकथामा आधारित रेडियो नाटक सुनौलो पाइलाको लेखन तथा निर्देशन युवराज दाहाल र कल्पना दाहालको रहेको छ ।

रेडियो उदयपुरमा महिला शशक्तिकरण ,हिंसा बिरुद्धकोमा रेडियो कार्यक्रम, महिला तथा किशोरी अधिकार , बालअधिकार, शिक्षा, विकास निर्माण, महिला स्वास्थ्य, सरसफाई, खानेपानी, जलवायु परिवर्तन, शुसासन, कृषि, घरेलु उद्योग, आदिवासी जनजातीका भाषा, संस्कृति संरक्षण दलितका सवाल लगाएत सुचनामुलक र बिभीन्न मनेरनजनात्मक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरि सामाजिक परिवर्तन र विकासमा सहयोग पु¥याई रहेको छ । त्यस्तै बाल बिबाह न्युनिकरणका लागी बाल बिबाह बिरुद्धको अभियान पनि संचालन गरिरहेको छ ।

अहिले रेडियो उदयपुर आफैले उत्पादन गरेको आफ्नै, नेपाली भाषाको समाचार र थारु भाषाको समाचार गरि दैनिक ४ पटक समाचार प्रसारण गरिरहेको छ ।