गर्भवती र सुत्केरी महिलालाई पनि छुट्टै राहत वितरण

0
348

बैशाख–१९, उदयपुर
उदयपुरको त्रियुगा नगरपालीका वडा नम्बर १६मा गर्भवती तथा सुत्केरी महिलाहरुलाई शुक्रबार पौष्टिक आहार सहितको राहत वितरण गरेको छ । त्रियुगा नगरपालीका वडानम्बर १६को वडा कार्यलय र ओरेक नेपाल, उदयपुर शाखाद्धारा २६ घर परिवारलाई आज राहत वितरण गरिएको त्रियुगा नगरपालीका १६का वडा अध्यक्ष मान बहादुर राईले बताउनु भयो ।
वडामा जम्मा ४१ जना गर्भवति तथा सुत्केरी महिलाहरु रहेका छन् । आज वडाले जाल्पा चिलाउनेको तल्लो भागका गर्भवती तथा सुत्केरी महिलालाई राहत वितरण गरेको हो । जाल्पा चिलाउनेको माथील्लो भाग, जाते सिध्रे, आहालेका बाकी १५ जनालाई पछि रातह वितरण गरिने अध्यक्ष राईले बताउनु भयो । ओरेक नेपालले ३० जना गर्भवति महिला तथा सुत्केरीलाई सहयोग गरेको र बाकी ११ जनालाई वडा आफैले राहतको व्यवस्था गरेको ओरेक नेपालका जिल्ला संयोजक सुनिता मैनालीले बताउनु भयो ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भईरस कोभिड–१९ ले सृजना गरेको विषम परिस्थितीमा गर्भवति महिलाहरु वढी प्रभावीत भएको भन्दै गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहारसंगै राहत वितरण गरिएको ओरेक नेपालका शाखा उदयपुरको जिल्ला संयोजक मैनालीले बताउनुभयो ।
मैनालीका अनुसार बन्द र लकडाउनले विशेष गरि गर्भवति र सुत्केरी महिलाहरुलाई बढि असर गर्ने भन्दै पोसिलो खानेकुराको कमी नहोस भनि महिलालाई लक्षित गरेर पोसिलो आहार सहितको राहत वितरण गरिएको हो । राहतमा एक जना बराबर २५ केजी चामल, २ केजी दाल, १ केजि चना, १ लिटर तेल, १केजी नुन, ६वटा सावुन, १ प्याकेट सरफ र दुई मिटर सुतीको कपडा वितरण गरेको छ ।
ओरेक नेपालले यो भन्दा पहिला त्रियुगा नगपालीका वडानम्बर ७, ८ र ९, रौतामाई गाउपालीकाको वडानम्बर २ र ४, उदयपुरगडि गाउपालीकाको वडानम्बर ७ मा राहत वितरण गरिसकेको छ । यसैगरि बेलाका नगरपालीकामा एकसय घरधुरीका गर्भवति तथा सुत्केरी महिलाहरुमा राहत वितरण गर्ने योजना रहेको ओरेक नेपालका जिल्ला संयोजक सुनिता मैनालीले बताउनु भयो ।