सरस्वती सामुदायिक वन उपभोत्ता समितीद्धरा बृक्षारोपण

0
287

उदयपुर । सरस्वती सामुदायिक वन उपभोत्ता समितीले बनमा बृक्षारोपण गर्न सुरु गरेको छ । त्रियुगा नगरपालिका वडा नम्वर ५ मा अवस्थित वन समितीले सोमवार देखि उपभोत्ता समितीको मातहतमा समुहहरु गठन गरि बृक्षारोपण सुरु गरेको हो । वन जंगल भित्र सखुवा,सिसौ लागएतका १ हजार प्रजातिका वोट विरुवा रोप्न सुरु गरिएको उपभोक्ता समितीका सदस्य युवराज कार्कीले बताउनुभयो ।

वन जंगललाई अझै हराभरा वनाउनका लागी बृक्षारोपण सुरु गरिएको उहाँले बताउनु भयो । डिभिजन वन कार्यलय उदयपुरको सहकार्यक्रमा विभिन्न प्रजातिको वोट विरुवा उपल्वध भएको उपभोक्ता समितीका अध्यक्ष दिपक बान्तवाले बताउनुभयो । उहाले यस भन्दा अगाडी सामुदयिक वनले लकडाउनको समयमा ज्याला मजदुरी गरि खाने अति विपन्न घर परिवारलाई राहत पुग्ने उद्देश्यले १ लाख ७५ हजार वारवारको खाध्य समग्री वडा कार्यलय मार्फत वितरण गरेको बताउनुभयो ।