थारु समुदायले अखारी पर्व मनाउदै

0
409

डिएन खोहरिया थारु ,उदयपुर ।

आज असारको पहिलो दिन १ गते थारु समुदायमा अखारी पर्व मनाउदै छ ।डिह्वार बाबाको थानमा दियो बत्ति बालेर पुजा आरधना गरि यो पर्व मनाउने चलन छ।

गाउँमा भएको डिह्वार बाबाको थान(राजाजी मन्दिर)मा पुजा आरधना गरि दिप प्रजवलन गरेर पर्व मनाउने चलिन रहि आएको छ । बर्षायाम सुरु भएसंगै प्राकृतिक जोखिम र विपदबाट अपृय घटनाहरु नघटोस् भनि असारको पहिलो दिन गाँउका सवैजनाले थानमा(मन्दिरमा) गई सामुहिक रुपमा दियो बत्ति वालेर डिह्वार बावाको पुजा आरधना परापूर्वकालदेखि नै गर्दै आएको त्रियुगा नगरपालिका वडा ८ उत्तरवारीटोल देउरीका थानपति(पुजारी) हरीनरायण दासले बताउनुभयो ।

अखारी पुजा नगरि खेत बारीमा गव लिने अर्थात धान रोप्ने चलन नरहेकाले यस पर्व अहिले पनि थारु समुदयमा लोकपिृय रहेको छ । बर्षासँगै विषालु किरा फट्याङ्ग्राको बिगबिगी हुने भएकाले यसबाट बच्नका लागि पुजा आरधना गरिन्छ भने महामारी रोग, खेतीपतीमा कुनै प्राकृतिक प्रकोप नहोस भनि पुजा गर्ने चलन रहेको उहाले बताउनुभयो । यस्तै आजकै दिन थारु समुदायमा ग्वाही अर्थात गाईगोठमा रहेको मुख्य खम्वामा दुवो सहितको माटोको चक्ला राख्ने चलन पनी छ । जस्ले गाईवस्तुमा कुनै किसिमको महामारी नआओस सवै गाउँ,घर समाजमको कल्याण होस भन्ने मान्यता रहेको छ ।

अखारी पुजा गर्दा खिर, लड्डु, आँप, कटहर जस्ता फलफुल चढाएर पुजा आरधना गर्ने गरिन्छ । पुजा आरधनासँगै दिन भरि काम गरेर थाकेका थकान मेटाउन बेलुका थानमा भेला भई थारु जातीको मौलिक संस्कृतिक वाजा बजाएर धार्मिक गित गाउने चलन छ । बाद्यबादनको तालमा धार्मिक गित गाउने र सामुहिक रुपमा अखारी पुजाको प्रसाद ग्रहण गर्ने चलन छ ।