उदयपुर । ओरेक नेपाल शाखा उदयपुरले गर्भवती तथा सुत्केरी महिलाहरुलाई राहत वितरण शुरु गरेको छ । स्थानिय पालिका र वडा संगको सहकार्यमा उदयपुरमा रहेका गर्भवती तथा सुत्केरी महिलारुलाई आइतवार देखि राहत स्वरुप पौष्टिक आहार वितरण गर्न सुरु गरेको हो ।
कोभिड १९ को यो विषम परिस्थितीमा महिलाहरुमा प्रभाव वढी परेको र गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार अति आवश्यक भएकोले महिलाहरुमा पोसिलो खानेकुराको कमी नहोस भनेर बिशेष गरेर लक्षित समुदायलाई राहत वितरण उपल्वध गराएको ओरेक नेपालका शाखा उदयपुरको जिल्ला संयोजक सुनिता मैनालीले बताउनुभयो ।
पहिलो दिन त्रियुगा नगरपालिका वडा नम्वर ९ को ३० जना र उदयपुरगढी गाउँपालिका वडा नम्वर ७ मा ५० जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई राहत वितरण गरेको बताउनुभयो । उहाँले,१ जना वरावार २५ केजी चामल,२ केजी दाल,१ केजि चना,१ लिटर तेल,१ पोका नुन,६वटा सावुन,१ पोका सरफ संगै दुूई मिटर सुतीको कपडा समेत वितरण गरेको वताउनुभयो ।
त्यस्तै क्रमशःत्रियुगा नगपालिकाको वडा नम्वर ७,८, र १६, रौतामाइ गाउँपालिकाको वडा नम्वर २,४, र बेलका नगरपालिकाको सवै वडामा वितरण गर्ने कार्यक्रम रहेको शाखा उदयपुरले जनाएको छ ।
कोरोनाले गर्दा महिला,किशोरकिशोरी तथा वालवालिकामा पर्न गएको मनोसमाजिक असलहरुलाई कम गर्न परार्मशकर्ताहरुद्धरा फोन मार्फत काउन्सिलङको कार्यक्रमहरु पनी संचालन भइरहेको बताइएको छ ।
अहिलेको यो संकटको समयमा वडा भित्र रहेका गर्भवती तथा सुत्केरी महलिाहरुलाई राहत वितरण गरी सहयोग गरेकोमा वडा अध्यक्ष धनवहादुर दनुवारले धन्यावद ब्यक्त गर्नुभयो ।