उदयपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या

0
340

उदयपुर । उदयपुरमा धारिलो हतियार प्रहार गरी सोमवार विहान एक जनाले आफ्नै श्रीमतिको हत्या गरेका छन् । जिल्लाको रौतामाई गाउँपालिका – ८ झिरुडाँडाका स्थानीय ५२ बर्षीय बिष्णु तामाङले मादक पर्दाथ सेवन गरी ४३ बर्षीया श्रीमति नेप्टिमाया भन्ने दिलमाया तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बिष्णुले धारिलो हतियार प्रहार गरी श्रीमति दिलमायाको हत्या गरेको भन्ने स्थानीयले जनाकारी गराएको प्रहरी उपरिक्षक बिरबहादुर बुढामगले वताउनुभयो ।

हत्यामा संलग्न रहेका बिष्णुलाई नियन्त्रमा लिइएको प्रहरी उपरिक्षक बुढामगरले वताउनुभयो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।