बालिका बलात्कारको आरोपमा एक पक्राउ

0
259

उदयपुर । ५ बर्षिया बालिका बलात्कार गरेको आरोपमा उदयपुरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत्र ६ गते साँझ बालिका बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको चौदण्डीगढी नगरपालिका ७ का ४७ बर्षिय कुलबहादुर बिष्टलाई पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौकाछोपी आरोपितले खेल्दै गरेकी बालिकालाई बलात्कार गरेको पीडित पंक्षको भनाई छ । आरोपित विरुद्ध पीडित परिवारले चैत्र ७ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको प्रहरी निरीक्षक बुद्धीराम चौलागाईले बताए ।
पक्राउ परेका आरोपितलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भईरहेको इन्स्पेक्टर चौलागाईले जानकारी दिए ।