Tuesday, July 21, 2026
Homeखेलकुदपच्च शिल्डको उपाधी मोतिराज कल्व उदयपुरले चुम्यो

पच्च शिल्डको उपाधी मोतिराज कल्व उदयपुरले चुम्यो

श्रवण चौधरी,मोतिगडा,उदयपुर । पच्च शिल्ड फुटवल प्रतियोगिताको उपाधी मोतिराजा युवा कल्व मोतिगडा उदयपुरले चुमेको छ । स्पोर्ट्स एकेडेमी सुरुङ्गा न.पा ५ कुशहा सप्तरीको आयोजनामा आयोजित दसौं सस्करणको पच्च शिल्ड प्रतियोगिता को उपाधी मोतिराज युवा कल्ब मोतिगडा उदयपुर ले चुमेको हो ।

पानवरी सिरहा लाई ट्राइबेकरमा १ गोलको अग्रतामा मोतिगडाले उपधी चुम्न सफल भएको हो ।
खेलको अन्तिम समय सम्म दुबै समुहको तर्फ बाट कुनै गोल हुन नसेके पछी खेल ट्राइबेकर मा पुगेको थियो । मोतिराजाले उपाधी चुमे संगै नगद ५१ हजार सहित ट्रफि प्रमाणपत्र हात परेको छ ,भने उपविजेता पानवरी शिरहाले नगद ३५ हजारमा चित्त बुझाउनु पर्यो ।

खेलमा उत्कृष्ट गोलरक्षक मोतिराज युवा कल्बका बिजय सेवा बन्न सफल भए भने मोतिराज युवा कल्बकै प्रबिन राइले सर्वोउत्कृष्ट गोलकर्ताको उपाधी पाउन सफल भए । खेलको प्रथम पुरस्कार प्रमुख अथिती पुर्ब मन्त्री तथा सप्तरी क्षेत्र न.५ संघीय सासंद मानीय श्री तेजुलाल चौधरीले बितरण गर्नुभएको थियो भने दोस्रो पुरस्कार सुरुङ्गगा न.पा का नगर प्रमुख श्री मुक्तिनाथ चौधरीले गर्नु भएको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular