Tuesday, July 21, 2026
Homeखेलकुदगाउँ स्तरिय फुटवल प्रतियोगितामा गैरुनको जित 

गाउँ स्तरिय फुटवल प्रतियोगितामा गैरुनको जित 

उदयपुर । गाउँ स्तरिय फुटवल प्रतियोगितामा गैरुन गाउँले जित हात पारेको छ । शुक्रवार भएको फाइनल खेलमा चौकीवारी टोललाई १ का विरुद्ध २ गोलको अग्रताले जित हासिल गरेको हो ।

गैरुन समुहको तर्फ वाट सन्दिप चौधरीले गरेको २ गोलले टिम अग्रता लिएको थियो । भने चौधरीले गरेको २ गोल नै जितको निर्णायक गोल बन्न सफल भयो भने सर्वाधिक गोलकर्ताको उपाधी पनी चौधरीले नै पाए । त्यस्तै गोलरक्षक गैरुन कै सन्दिप रायमाझी भए भने उत्कृष्ट खेलाडी चौकीवारी समुहका लक्ष्मण दनुवार भएको खेलका संयोजक जिवस दनुवारले बताए ।

जित संगै विजेता समुह गैरुनले नगद ९ हजार सहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ भने उप विजेताले नगद राशी ५हजार,शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।पुरस्कार वितरण गर्दै खेलका प्रमुख अतिथी वडा अध्यक्ष धन बहादुर दनुवारले खेलकुदले मानिसलाई स्वस्थय बनाइ राख्ने भएकोले प्रतेक वर्ष खेलकुदमा सहयोग गर्ने बताए।

स्वास्थयका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ खेलकुद विकास समिती त्रियुगा ९ को आयोजना र वडा कार्यलय ९ को सहयोगमा माघ १४ गते देखि खेल शुरु भएको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular