गाउँ स्तरीय फुटवल प्रतियोगिता उदयपुरको गैरुनमा शुरु

0
374

उदयपुर । गाउँ स्तरीय फुटवल प्रतियोगिता उदयपुरको गैरुनमा शुरु भएको छ । खेलकुद विकास समिती त्रियुगा नगरपालिका वडा नम्वर ९ गैरुनको आयेजना र वडा कार्यलय ९ को सहयोगमा मंगलवारदेखि प्रतियोगिता शुरु भएको हो ।

स्वस्थ्यको लागि खेलकुद राष्ट्र«को लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको उद्धघाटन खेलमा चौकीवारी टोलविकास संस्थाले जित हासिल गरेको छ । दमारपट्टी टोल विकास संस्थालाई १ गोलले पछी पार्दै चौकीवारी सेमीफाइनलमा प्रवेश गरेको वडा खेलकुद संयोजक सुबास शारु मगरले बताए ।

खेलको उद्धघाटन गर्दै वडा अध्यक्ष धनबहादुर दनुवारले खेलकुदले युवाहरुलाई स्वस्थय र फुर्तिलो मात्र नवाई सचेतनामुलक सामुहिक कार्यक्रममा एकजुट वनाउने बताए । उनले,यो भन्दा अगाडी वडा भित्र व्याडमिन्टन प्रतियोगिता सम्पन्न भइसकेको बताए ।
माघ २४ गते सम्म संचालन हुने खेलमा वडा भित्रका दश वटा टिमले सहभागीता जनाएको छ ।खेलमा विजेताले नगद ९ हजार र उपविजेताले ५ हजार संगै सिल्ड र प्रमाण पत्र प्राप्त गर्ने खेलकुद आर्थिक संयोजक जिवस दनुवारले बताए ।