Saturday, July 18, 2026
Homeप्रमुख समाचारनगर स्तरीय कृषि विमा सम्बन्धी तालिम सम्पन्न

नगर स्तरीय कृषि विमा सम्बन्धी तालिम सम्पन्न

पवित्रा दहाल, प्रशिक्षार्थी सम्वाददाता, कटारी । नगर स्तरीय कृषि विमा सम्बन्धी तिन दिने तालिम उदयपुरको कटारीमा सम्पन्न भएको छ । कटारी नगरपालिकाको कार्यलय कृषि तथा पशु सेवा विकास शाखाको आयोजनमा भएको तालिम मंगलवार सम्पन्न भएको हो ।

कृषि तथा पशुको विमा अहिलेको समयमा अनिवार्य रहेकोले कृषकहरुलाई विमा सम्वन्धि जानकारी गाराउनका लागी तालिमको आयोजना गरिएको उत्त शाखाले जनाएको छ ।

कृषकले लगाएको वाली तथा पशुको विमा नर्गदा वालीमा केहि समस्या हुदा वा पशुमा अज्ञात रोगका कारण पशु विरामी अथुवा मृत्यु हुदा कृषक मार्कामा पर्ने गरेकोले यो तालिम वाट विमा सम्वन्धि जानकारी गराएको तालिमका प्रशिक्षक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लाहान शाखाका प्रमुख अनिल कुमार यादवले बताए । उनका अनुसार कार्यक्रममा सहभागी अभिकर्ताहरुले अव गाउँमा गएर कृषि तथा पशु विमाको वारेमा कृषकहरुलाई जानकारी गराउने छ ।

२०७६ पौस २७ गते शुरु भएको तालिम पौस २९ गते सम्म संचालन भएको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular