Sunday, July 19, 2026
Homeप्रमुख समाचारपंन्च कन्या सामुदायिक वनको अध्यक्षमा दहि बहादुर सर्व सहमत

पंन्च कन्या सामुदायिक वनको अध्यक्षमा दहि बहादुर सर्व सहमत

राजावास । पंन्च कन्या सामुदायिक वन उपभोक्ता समितीमा दहि बहादुर दाहालको नेतृत्वमा १३ कार्य समिती सर्वसहमत चयन भएको छ ।
त्रियुगा नगरपालिका वडा नम्वर ८र ९ मा रहेको संस्थाको शनिवार भएको आम भेलाले नव कार्य समिती सर्वसहमत चयन गेरेको हो ।

उपाध्यक्षमा राम कुमार पौडेल,सचिवमा राम प्यारी बस्नेत,कोषाध्क्षमा उर्मिला बुढाथोकी,सदस्यमा धुर्व बस्नेत,गोविन्द बस्नेत,सविना चौधरी,बिष्णु माया दनुवार,कपिल मनी दाहाल लगाएत १३ कार्य समिती र पाच जना सल्हाकार समिती चयन गरेको छ ।जस्मा मेख बहादुर भटराई,नथुर दनुवार,रामवावु दनुवार,भिमा लक्ष्मी श्रेष्ठ र सावित्री कटुवाल रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी डिभिजन वन कार्यलय उदयपुरका साहायक वन अधिकृत जागेश्वर शाहले नव निर्मित सस्थाको भवनको उद्घाटन गर्नु हुदै संस्थाले भवन निमार्ण गर्न सफल भएकोमा शुभ कामना व्यक्त गर्नुभएको छ । उहाले,समुदायिक वन सवैको साझा भएको हुनाले सवै जना मिलेर बन जंगल सरक्षणमा लाग्नुपर्ने बताउनुभयो। उहाले गाउँ घर नजिक रहेको खुल्ला चौर खोला छेउछाउमा सेमत बृक्षारोपण गरि वतावरणलाई पर्यावण मैत्री बनाउनुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमा सांस्कृतिक संगै नृत्य प्रतियोगितको समेत आयोजना गरिएको थियो । प्रथम श्री अम्ेवर जन्ता मा.वी राजावास द्धितिय सारा ,फिवीको समुह र तृतिय सलिना दनुवारले स्थान ल्याउन सफल भएका थिए ।

उनीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो भने संस्थालाई योगदान पुर्याउनुहुने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई कदर प्रत्रका साथ सम्मान गरिएको थियो ।

मेख वहादुर भटराईको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रममा साहयक वन अधिकृत जागेश्वर शाह,त्रियुगा नगरपालिकाका प्रवत्ता केदार दनुवार,वडा नम्वर ८ वडाअध्यक्ष कमल कुमार राउत,वडा ९का अध्यक्ष धन बहादुर दनुवार, देउराली सा.व.उ.सका अध्यक्ष कमला दनुवार,संस्थामा आबद्ध १४ वटा टोलविकास संस्थाको अध्यक्ष तथा प्रतिनीधी ,उपभोक्ता ,समाजसेवी ,बुद्धिजिवी ,संचारकर्मी लगाएतको बाक्लो उपस्थिती रहेको थियो ।

संस्थाको प्रगति प्रतिवेदन तथा बार्षिक कार्ययोजना संस्थाको निर्वतमान अध्यक्ष मेख बहादुर भटराइले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम त्रियुगा नगरपालिका वडा नम्वर ८ वैरनी, सिसौघारी संस्थाको नव निर्मित भवनमा सम्पन्न भएको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular