उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ घाईते, ४ को अवस्था गम्भिर

0
315

उदयपुर । उदयपुरको कटारी ४ मरुवामा शुक्रबार दिउँसो भएको ना १ ज ३८८६ नम्बरको टाटासुमो दुर्घटनामा ९ जना घाईते भएका छन् । ओखलढुंगाबाट कटारी आउँदै गरेको सुमो सडकबाट पल्टिंदा सुमोमा सवार ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ का ६७ वर्षिय सन्तबहादुर विश्वकर्मा, सोही ठाउँका ६६ बर्षिया मनमाया विश्वकर्मा, ६६ बर्षिया कर्णमाया विश्कर्मा र ओखलढुंगाकै मोलुङ्ग गाउँपालिका ५ का ५० बर्षिया मैया विश्कर्मा गम्भिर घाईते भएका छन् ।

त्यसैगरी ओखलढुांगकै सिद्धिचरण नगरपालिका ५ का ७० बर्षिया तिलमाया विश्वकर्मा, ओखलढुंगाकै चम्पादेवी गाउँपालिका ५ का ४२ बर्षिया आमा तारा तामाङ्ग र उनकी छोरी १४ बर्षिया सेली तामाङ्ग, सिन्धुली फिक्कल गाउँपालिका ५ का ५५ वर्षिय विरेन्द्रबहादुर सुनुवारलाई कटारी अस्पत्तालमा उपचारपछि विराटनगर रिफर गरिएको कटारी अस्पत्तालले जनाएको छ ।

सामान्य घाईते सर्लाहीका सोवित महतोको भने कटारी अस्पत्तालमै उपचार भईरहेको छ । सुमो चालक अन्दाजी २३ वर्षिय पदम राईलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । दुर्घटनाका विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी शुक्रबार दिउँसो कटारी ४ कै पेट्रोल पम्प नजिकैको भएको मोटरसाईकल दुर्घटनामा एकजना घाईते भएका छन् ।

मरुवाबाट कटारी तर्फ आउँदै गरेको स ८ प २७८४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा कटारी नगरपालिका ७ का २० वर्षिय वसन्त मगर घाईते भएका छन् । उनको कटारी अस्पत्तालमा उपचार भईरहेको छ । सिटीमा ठक्कर खाएको भन्दै स १ ह १०३६ नम्बरको सिटीचालक रत्नबहादुर मगरलाई पनि ईलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।