उदयपुर । उदयपुरको एक विद्यालयमा विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम दिएको छ ।त्रियुगा नगरपालिका वडा नम्वर ८ स्थित श्री खाटमन्दिर आधारभुत विद्यालय बागचौरीका विद्यार्थीहरुलाई शुक्रवार ट्राफिक नियम सम्बन्धी जानकारी गराएको हो ।
विद्यालयको आयोजना र वडा कार्यलय ८ को समन्वयमा बिधार्थी,शिक्षक र स्थानिय गाउँका सवारी चालकहरुलाई ट्राफिक निति नियम,सवारी चालकका गुणहरु,स्कुल शिक्षा,वाल विवाह न्युनिकरणका विषय संगै लागु पर्दाथ सेवनवाट हुने हानीका विषयमा समेत जानकारी गराएको विद्यालयका प्रधान्ध्यापक अजुर्ज प्रसाद ढुङगणाले बताउनुभयो । वहाले विद्यालय शिक्षा अन्तर्गत ट्राफिक शिक्षा अत्यन्त महत्वपुर्ण रहेकोले ट्राफिक प्रहरीलाई बोलाएर नै यस विषयमा शिक्षा दिएको बताउनुभयो ।
त्यस्तै वडा नम्वर ८ का वडा अध्यक्ष कमल कुमार राउतले अहिले बढिरहेको कति पय सडक दुर्घटना हाम्रो आफनै लाप्रवाहीले पनी भइरहेको हुदा यस किसिमका कार्यक्रमहरुले केहि प्रतिशत दुर्घटना न्युनिकरण गर्न मद्धत मिल्ने बताउनुभयो । वहाले वडागत रुपमा पनी वाल वालिका र युवा लक्षित कार्यक्रमहरु शिर्षकको रुपमा राखिएको हुनाले बिद्यालय स्तरिय र टोल स्तरिय सचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो ।
विदयार्थीहरुलाई अस्थाई ट्राफिक प्रहरी पोस्ट जलजलेका ट्राफिक हवल्दार प्रशुराम दनुवारले प्रशिक्षण दिएका थिए । कार्यक्रममा जनप्रतिनिधी,प्रहरी,शिक्षक,विदयार्थी ,सवारी चालक र स्थानिय बासिन्दाको उपस्थिती रहेको थियो ।