Tuesday, July 7, 2026
Google search engine
Homeखेलकुदलेबनानलाई हराउँदै महिला च्याम्पियनसिपको फाइनलमा नेपाल

लेबनानलाई हराउँदै महिला च्याम्पियनसिपको फाइनलमा नेपाल

महिला च्याम्पियनसिपको फाइनलमा नेपाल
उदयपुर । महिला च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा इन्जुरी समयमा प्रिती राईले निर्णायक गोल गरेपछि नेपाली महिला टोली वाफ (पश्चिम एसियाली फुटबल एसोसिएसन) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।

साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले २–१ को प्रतिस्पर्धात्मक जित निकाल्यो।
खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्जुरी समयमा निर्णायक गोल गरे। विमला चौधरीको सानदार कर्नरमा प्रितीले गरेको प्रहारले जाली चुमेसँगै नेपाल फाइनलमा प्रवेश गर्यो।

त्यसअघि पहिलो हाफको ३८औं मिनेटमै नेपाल गोल खान पुगेको थियो। पूजा रानाले गोलकिपर एन्जिलाको लागि ब्याकपास गरेको बल गोलरक्षकले भेटाउन नसक्दा बलले सिंधै जाली चुमेको थियो।

समूहचरणमा जस्तो दबाब बनाउन नसकेको नेपालले ७६ औं मिनेटमा बराबरी गोल गरेको थियो। रश्मीको पासमा सावित्रा भण्डारीको पहिलो प्रहार लमिटाले बचाएपछि डिफेन्डर अमिना करिमले क्लियर गर्न नसेकेको बलमा साम्बालेनै गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। जारी प्रतियोगिता मा साम्बाको नवौं गोल हो।
अब नेपालले उपाधिका लागि जोर्डनको सामना गर्नेछ। जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि ५–० को प्रभावसालि जित निकाल्दै फाइनल प्रवेश गरेको हो।

समाचार स्रोतःदेशसंचार

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular