Thursday, August 13, 2026
Homeप्रमुख समाचारसाँस्कृतिक भवन निमार्णको लागि बयलगडी सफारी गर्दै बेहड्वा थारु होम स्टे 

साँस्कृतिक भवन निमार्णको लागि बयलगडी सफारी गर्दै बेहड्वा थारु होम स्टे 

उदयपुर । साँस्कृतिक भवन निमार्णको लागि बेहड्वा थारु होम स्टले बयलगडी सफारी गर्नेभएको छ ।
त्रियुगा नगरपालिका १३ स्थित रहेको बेहड्वा होम स्टेमा पर्यटकहरुको चाप बढ्दै गएपछी छुटै सांस्कृतिक भवन निर्माण गर्ने भएको छ ।

थारु समुदायको परम्परागत कला,सस्कृति,गायन,नृत्य प्रस्तुत गर्नको लागि होम स्टेले छुटै सास्कृतिक भवन निमार्ण गर्न लागिएको हो । भवन निमार्णमा आर्थिक रकमको स्रोत नहुने भएपछी यति वेला होम स्टेले बयलगडी सफारीलाई अगाडि सारेको छ ।

पहिला थारु समुदायमा यातायातको साधानको रुपमा प्रयोग हुने गरिबरद(बयलगडी) अहिले लोप भइसकेको अवस्था छ । सडक बाटोहरुको बिकास र बढ्दो सवारी साधनहरुको प्रयोगले परम्पागत रुपमा परापुर्वकाल देखी प्रयोग हुने बयलगडी अहिले थारु गाँहरुमा एकदम न्युन मात्र देख्न सकिन्छ ।

बेहड्वा थारु होम स्टेले आफनो परम्पागत सवारी साधानको संरक्षण गर्दै सास्कृतिक भवन निमार्णमा पनी टेवा पुग्ने उद्धेश्यले फागुन २५ गते माहाशिवरात्रीको अवसर पारेर बयलगडि सफारीको सुभारम्भ गर्न लागिएको होम स्टेका व्यवस्थापक प्रभा चौधरीले बताउनुभयो ।

होम स्टेका अध्यक्ष भगवान सिंह चौधरीले बयलगडी सफारीबाट उठेको सम्पुर्ण रकम साँस्कृतिक भवनमा खर्च गरिने जनाउनुभयो । उहाँले भवन निमार्णको लागी विभिन्न सामाजिक संघ सस्थाहरुलाई सहयोगको लागी आग्रह पनी गर्नुभएको छ ।

आइतवार होम स्टेमा होटल व्यवसायि,थारु सघ संस्था र संचारकर्मीहरु संग होम स्टे संचालक समितीले छलफल गर्दै बयलगडि सफारीको पुर्व तयारीको बारेमा जानकारी गराइएको थियो । समितीका अनुसार बयलगडी सफारीको शुल्क प्रति व्यक्ति रु १ सय, थारु भेषभुषा सहित रु २५० रहेकोछ भने । यता २ किलो मिटर रिजर्भको लागि भने रु ५ सय शुल्क तोकिएको जनाएको छ ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular