सुजता सुवेदी,उदयपुर । उदयपुरमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । “दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ,हरित विश्व निमार्णमा हरित सिप विकास ” नारा संगै विविध कार्यक्रमको आयोजना गरी यो वर्ष मनाएको छ ।
प्रत्येक वर्ष अगस्ट १२ तारिखको दिन विश्वभर मनाइने युवा दिवस उदयपुरको गैसस महासंघ उदयपुर,जिल्ला युवा संजाल उदयपुर,त्रियुगा नगर युवा तथा खेलकुद विकास समिती,ओरेक उदयपुर,महिला सशक्तिकरण स्राते केन्द्र/रेडियो उदयपुर,जाल्पा एकिकृत विकास समाज उदयपुर,हुरेण्डेक उदयपुर,स्ववियु त्रियुगा जनता वहुमुखी क्याम्पस,गाईघाट युवा समुह,समाजिक उत्थान केन्द्र उदयपुर,जिफन्ट उदयपुरको संयुक्त आयोजनामा दिवस भव्य सम्पन्न भएको हो ।
दिवसको अवसरमा शुक्रवार समाजिक रुपान्तरणको लागी सहभागीतामुलक मैत्रिपुर्ण फुटवल प्रतियोगिताको आयोजना गरिएको थियो। महिला अभियान्ता ,संचारकर्मी युवा महिला, मैत्रिपुर्ण फुटवल खेल भएको थियो भने दोस्रो खेल पत्रकार र समाजिक अभियन्ता विच खेल संचालन भएको थियो ।
अगस्ट १२ का दिन शनिवार युवा सहभागिताको लागी,युवा सहभागीता विषयक कार्यपत्र प्रस्तुत कार्यक्रमको आयोजना गरिएको थियो । त्रियुगा जनता बहुमुखी क्याम्पसको सभाहलमा संचालन भएको कार्यक्रमा उक्त कार्यपत्र प्रस्तुत गरिएको थियो । साथै युवाको सवालमा अन्तरक्रिया कार्यक्रम समेत संचलन गरिएको थियो ।
कार्यक्रममा ओरेक नेपाल उदयपुरका जिल्ला संयोजक बाला कार्कीले अवधारण पत्र प्रस्तुत गर्नु भएको थियो यस्तै महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवार,राष्ट्रिय युवा संघका उपाअध्यक्ष तुलसी चौलागाई,ओरेक उदयपुरका कार्यक्रम अधिकृत हरीशरण धिताल, रामकुमार राई लगाएतले बक्ताको रुपमा युवाको सवालमा आफनो धारणा राख्नु भएको थियो ।
यस्तै कार्यक्रममा त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डा.कैलाश राईले समाजमा अहिले पनी शिक्षामा लैंगिक विभेद कायम रहेको वताउनुभयो । छोरालाई वाहिर शहर केन्द्रित गरी अध्ययनको लागी पठाउने र छोरीलाई नजिकै स्थानिय स्कुल,क्याम्पसमा भर्ना गर्ने चलन रहदै आएको छ । उहाँले समाज परिवर्तनको लागी शिक्षामा छोरा छोरीलाई समान व्यवहार हुन जरुरी रहेको बताउनु भयो ।
यस्तै क्याम्पस परिसर भित्रै पर्यावरणिय न्यायको लागी युवाको नेतृत्वमा बृक्षारोपण कार्यक्रम गरी दिवसको समापन गएिको थियो ।
यस्तै दिवसको अवसरमा सामुदायिक रेडियो उदयपुरले युवाको सवालमा दिनभरी एकै साथ ६ वटा रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गरिएको थियो ।