उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ मा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । शुक्रवार त्रियुगा नगरपालिका वडा नम्वर ८ राजावासको आयोजना र नेपाल नेत्र ज्योती संघ मदन भण्डारी आँखा अस्पताल गाईघाटको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
निशुल्क आँखा शिविरमा १०५ जनाले चेक जाच गरेको शिविरमा खटिएका दृष्टि विशेषज्ञ राम बृक्ष शाहले बताउनुभयो । उहाँले २५ जनाको आँखामा मोतियाविन्दु र ५ जनामा आँखामा मासु पलाएको समस्या रहेको बताउनु भयो । यस्तै २८ जनालाई चस्मा आवश्यक रहेको जनाउनु भयो ।
पछिल्लो समय आँखा पाक्ने समस्या र वडा भित्रका पैसा अभावमा आँखा जाच गराउन नसकेका नागरिकलाई सहजताको लागी शिविर संचालन गरेको त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राज कुमार राउतले बताउनुभयो । उहाँले शिविरको लागी १ लाख रकम विनियोजन समेत गरेको बताउनुभयो । शिविरमा आँखाको अप्रेशन गर्नुपर्ने देखिएकालाई निशुल्क अप्रेशन हुने र निशुल्क चस्मा वितरण हुने जनाउनुभयो ।