शाहिखोलामा आगलागी १२ लाख वरावरको क्षती

0
298

उदयपुर । उदयपुरको त्रियुगा नगरपलिका १६ शाहिखोलामा आगलागी भएको छ । आगलागी हुदा गाई गोठ जलेर नष्ट भएको छ । मंगलवार स्थानिय प्रेम राउतको टायलको छानो र काठले वनेको गोठमा लागलाग हुदा १२ लाख वरावरको क्षती भएको प्रहरीले अनुमान गरेको छ ।

आगलागी वाट गोठमा रहेको काठपात जलेर नष्ट हुदा सो रकम बरावरको क्षती भएको हुन सक्ने घटना स्थलमा पुगेका एक प्रहरीले बताए । मानविय र चौपयामा कुनै क्षती नभएको प्रेम राउतले बताए । घरमा कोही नभएको वेला मध्यान्न १२ वजे तिर अचानक आगलागी भएको थियो । आगो प्रहरी र स्थानियबासिको सहयोगमा करिब ५ घण्टा पछि नियन्त्रणमा आएको थियो । आगलागी के कारणले भएको खुल्न सकेको छैन ।