संबिधान दिवस उदयपुरमा भव्य

उदयपुर  ।  अघिल्ला बर्षको तुलनमा यस बर्ष संबिधान दिवस भव्यताकासाथ मनाइएको छ । सेना, प्रहरी र कर्मचारीमा सिमित रहने दिवस यो बर्ष राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, कर्मचारी, बिद्यार्थी गरी तीन हजार बढिको संख्यामा उपस्थिति भई विविध कार्यक्रम आयोजना गरी मनाइएको हो ।

दिवसको अवसरमा रिले दौड, जनप्रतिनिधिसहितको हाजिरीजवाफ प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, रक्तदान, बृक्षारोपण, दिपावली कार्यक्रमकासाथमा कपडा बैंकको उदटन गरिएको छ । प्रतियोगितामा सहभागि विजेता र उपविजेतालालई पुरस्कारले सम्मान गरिएको थियो ।
रिले दौड प्रतियोगितामा त्रियुगा नमुना माध्यमिक बिद्यालय गाईघाट पहिलो, लक्ष्मीपुर मावि दोस्रो र त्रियुगा मावि कै अर्को समुहले तेस्रो स्थान हात पार्यो । विजेता समुहकोतर्फबाट प्रतियोगितामा दिवस राई, निश्चल राई, सन्दिप राई र रोशन राईले सहभागिता जनाएका थिए । त्यस्तै उपविजेता लक्ष्मीपुर माविबाट निकेश चौधरी, ब्रमानन्द चौधरी, देवचरण चौधरी र सागर चौधरीले सहभागिता जनाए भने तेस्रोमा त्रिमाविका विवस राई, रोशन राई, तोयाबहादुर कार्की र विष्णु शर्मा रहेका थिए ।

त्यसैगरी दिवसकै अवसरमा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा प्रदेश मातहत कार्यालयका कर्मचारीले पहिलो स्थान हासिल गरे । त्यस्तै बरुवा क्याम्पस दोस्रो, संघीय कार्यालयका कर्मचारी तेस्रो र त्रियुगा उद्योग बाणिज्य संघ समुहले सान्त्वना स्थान हासिल गर्यो । विजयी समुहलाई क्रमश ७, ५ र ३ हजार राशीको पुरस्कारले सम्मान गरियो ।

त्यस्तै दिवसकै अवसरमा लेखनशैली भएकाहरुको हकमा संबिधानको वहुपंक्षिय आयमलाई उजागर गर्दै लेखरचना प्रकाशन गर्ने, नेपाली सेनाद्धारा विगुल बजाउने, शहिदनको सम्मानका लागि धार्मिक संघसस्थाहरुमा परम्पराअनुसार पाठपूजा प्रार्थना गर्ने, प्रभातफेरीको तय गरिएको मुल समारोह समितिका अध्यक्ष एवंम जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताए ।

विगतभन्दा फरक र ठुलो संख्यामा उपस्थित रहेको दिवसमा वक्ताहरुले संबिधानसँग आधारित रहेर आआफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य शुरेसकुमार राई, संबिधानसभा सदस्य मोहनबहादुर खत्री, प्रदेससभा सदसय बिमल कार्की, अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राई, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टीका सचिब इश्वरमणि राउत र नेपाली काँग्रेसका कार्यवाहक सभापति बिर्खबहादुर तामाङ्गले बोलेका थिए ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घर–घरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ भन्ने मुल नाराकोसाथ संविधान दिवस समारोह समिति उदयपुरको आयोजन तथा अन्य निकायहरुको सहकार्यमा कार्यक्रमहरु आयोजना गरिएको थियो ।