उदयपुर, साउन १४ । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित ढिम्की मन्दिर नजिकको झोलुङ्गे पुलमुनि एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहान करिब ९ः४५ बजे शव फेला परेको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेरको थियो। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरको शवगृहमा राखिएको र हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतक अन्दाजी ४० वर्षका, मंगोलियन अनुहार भएका, निलो रङको भेस्ट र हरियो रङको सुरुवाल लगाएका पुरुष रहेको प्रहरीको भनाइ छ। प्रहरीले मृतकको पहिचान हुने जो–कोहीलाई नेपाल प्रहरीको आपत्कालीन नम्बर १००, जिल्ला प्रहरी कार्यालय उदयपुरका ९८५२८३५२७७, ९८५२८३५१९६,९८५२८३७२७७ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेको छ।
उदयपुरमा एक पुरुषको शव फेला
RELATED ARTICLES


