Monday, July 27, 2026
Homeसमाचारसडक दुर्घटना न्यूनीकरणकोलागि सचेतना अभियान

सडक दुर्घटना न्यूनीकरणकोलागि सचेतना अभियान

उदयपुर,२०८३ बैशाख १९ गते शनिबार ।उदयपुरको सदरमुकाम गाईघाटमा ‘सुरक्षित गन्तव्य, सुरक्षित जीवन र सुरक्षित यात्रा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित सुरक्षित सडक अभियान सुरु गरिएको छ। शनिबार नव प्रभात नेपाल उदयपुरको आयोजनामा निलोपुलस्थित युनिभर्सल स्केटिङ पार्कको हलबाट अभियान सुरु गरिएको हो। अभियानअन्तर्गत मदनभण्डारी राजमार्ग अन्तर्गत गाईघाट बजार क्षेत्रमा सञ्चालन हुने सवारी साधनका चालकहरूलाई सुरक्षित यात्रा सम्बन्धी सचेतना प्रदान गरिएको छ। साथै, सवारी साधनमा सचेतनामूलक पम्प्लेट टाँसेर चालक तथा यात्रुहरूलाई सुरक्षित यात्राका बारेमा जानकारी दिइएको आयोजकले जनाएको छ। उदयपुरमा पछिल्लो समय सडक दुर्घटना बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान सुरु गरिएको हो। अभियान जिल्ला ट्राफिक कार्यालय उदयपुरको समन्वयमा टोल विकास संस्था, समन्वय समिति तथा महिला बाइक राइडर उदयपुरको सहभागितामा सञ्चालन गरिएको हो।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular