Monday, July 27, 2026
Homeसमाचारउदयपुरको त्रिनपा–९ मा बाघ देखिएपछि सतर्क रहन आग्रह

उदयपुरको त्रिनपा–९ मा बाघ देखिएपछि सतर्क रहन आग्रह

रेडियो उदयपुर,२०८२ असोज १३ गते मंगलबार । उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित भालुखोला माथिको जंगल क्षेत्रमा बाघ देखिएको जानकारी प्राप्त भएको छ । वडा नम्बर–९ का वडा अध्यक्ष राजकुमार दनुवारले जारी गर्नुभएको सूचनामा शिवालय टोल विकास संस्थाका सदस्यहरूबाट बाघ देखिएको जानकारी आएपछि सो क्षेत्र आसपासका स्थानिय बासिन्दलाई विशेष सावधानी अपनाउन भनिएको छ। त्यसैगरि साँझ–बिहान एक्लै आवतजावत नगर्न, दाउरा, घाँस, चरन जस्ता दैनिक कामकाज गर्दा समूहमा मात्र जान अनुरोध गरिएको छ। यस्तै, बाघ देखिएमा वा कुनै असामान्य गतिविधि देखापरेमा तत्काल नजिकैको वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा सम्बन्धित सुरक्षा निकायलाई जानकारी दिन समेत वडा कार्यालयले आह्वान गरेको छ। यसैगरी, टोल विकास संस्थाका सबै सदस्यमार्फत गाउँ–समुदायमा समेत यो जानकारी पु¥याउन सूचनामा उल्लेख गरिएको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular