उदयपुर । दनुवार समुदायको मौलिक नृत्य प्रथम रामदल नृत्य प्रतियोगितामा बैरेनी टोल विकास संस्था प्रथम भएको छ भने झिल्केटोल टोल विकास संस्था द्धितिय भएको छ । यस्तै खपडाटोल विकास संस्था तृतिय र डिपुटोल विकास संस्था सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।

प्रथम,द्धितिय,तृतिय र सान्त्वना स्थान हासिल गर्न सफल भएका समुहहरुले क्रमशः १२ हजार,१० हजार,८ हजार र ६ हजारका दरले नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा सहभागी एकता महिला समुह गुन्टे,दनुवारी टोल विकास संस्था असारी,चौकीवारी टोल विकास संस्था,मथानेटोल विकास संस्थाहरुलाई समेत प्रमाण प्रत्र प्रदान गरिएको थियो । पहिलो दनुवारी खाना परिकार तथा साँस्कृतिक उत्सव २०८१ को अवसरमा आयोजित रामदल नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो ।
विजेताहरुलाई कोशि प्रदेश उप सभामुख माननिय सृजना दनुवारले पुरस्कार वितरण गुर्नभएको थियो ।
यस्तै
दनुवार समुदायको साझा पर्वको रुपमा रहेको “न्वाङी पर्व” मंसीर २५ मा मनाउने घोषणा गरेको छ । आफनो प्रमुख पर्वको रुपमा “न्वाङी पर्व” लाई मनाउदै आइरहेको थियो तर कहिले मनाउने भन्ने विषयमा अन्योल रहेका समुदायले उत्सवको अवसरमा पर्वलाई राष्ट्रिय चाडको रुपमा हरेक बर्ष मंसीर २५ लाई “न्वाङी पर्व” पर्व मनाउने आधिकारीक घोषणा गरेको छ ।

कोशि प्रदेशका उप सभामुख सृजना दनुवारको प्रमुख आतिथ्यता र त्रियुगा नगरपालिका उप प्रमुख महेश्वरी राई,पाचखाल नगरपालिका उप प्रमुख सुर्यमाया दनुवार,त्रियुगा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष अमर बहादुर दनुवार,वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार राउत,वडा नम्वर ९ का वडा अध्यक्ष राजकुमार दनुवार र दनुवार अभियान्ता,विभिन्न जातिय संघ संस्थाका प्रतिनिधीहरु विच “न्वाङी पर्व” लाई मंसीर २५ मा साझा रुपमा मनाउने घोषणा गरेको हो । लोप हुदै गएको परम्परालाई साझा रुपमा मनाउने प्रस्तावलाई उत्सवको रुपमा लिएको छ ।

यस्तै उपसभामुख दनुवारले “न्वाङी पर्व” संरक्षण ,प्रर्बद्धन गर्न प्रदेश सरकार समक्ष पेश गर्ने बताउनुभयो । यस्तै दनुवार समुदायको बाहुल्य रहेको त्रियुगा नगरपालिकामा मंसिर २५ लाई स्थानिय बिदाको व्यवस्थापन सहयोग गर्ने त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले बताउनु भयो ।
शनिवार सम्म संचालन हुने उत्सवमा दनुवार जातीहरुको परम्परागत खाना परिकारको विक्रि प्रदर्शनी तथा दनुवार जातीको भेषभुषाहरुको प्रदर्शनी राखिएको छ ।

यस्तै आज पनी जारी उत्सवमा संगिनि नृत्य,लोक नृत्य लगाएत सास्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।
महिला सशत्तिकरण स्रोत केन्द्र उदयपुर, दनुवार महिला समाज सुधार संघ, दनुवार जागरण समिति, नेपाल दनुवार समाज उदयपुर, आदिम कला केन्द्र, बैरेनी टोल विकास संस्थाको संयुक्त आयोजना रहेको छ ।





