उदयपुरको राजावासमा मोटरसाईकल दुर्घटना एक जना घाइते,ठक्कर दिने प्रहरी नियन्त्रणमा

0
277

राजावास,उदयपुर । त्रियुगा नगरपालिका ९ राजावास,चौकीवारीमा मोटरसाईकल दुर्घटनामा परी एक जना घाईते भएको छ । आज विहान ८ वजे भएको मोटरसाईकल दुर्घटनामा परी सोहि स्थानका १५ बर्षिय नितेस दनुवारको खुट्टा भाँचिएको छ भने अर्का सामान्य घाईते प्रहरी नियन्त्रणमा रहेको छ ।
गाईघाट तर्फ आउने क्रममा दनुवारको ना ३४ प ६७ १० नम्वरको मोटर साईकलक सोहि दिसाबाट आउँदै गरेको रौतामाई गाउँपालिका २ का १८ बर्षिय इसान मगरको अन्टेस्ट मोटर साईकलले ठक्कर दिँदाखेरी नितेस दनुवारको खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाईते दनुवारलाई विराटनगर उपचारको लागि लगिएको छ भने मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ । एउटै दिसाबाट आईरहेको अवस्थामा एकआपसमा उनिहरु ठोक्किएको प्रहरीले जनाएको छ ।