अनलाइन थारु कविता प्रतियोगिताको पुरस्कार वितरण

उदयपुर । अनलाइन थारु कविता प्रतियोगिता २०७७ को विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । शनिवार मलिथम थारु सेवा समाज उदयपुरले एक औपचारिक कार्यक्रमको आयोजना गरि बिजेताहरुलाई पुरस्कार वितरण गरेको हो ।

संस्थाले थारु समुदायमा लुकेर रहेका कवित्व प्रतिभाहरुलाई बाहिर ल्याउने र युवाहरुलाई साहित्यक विधामा प्रोत्साहन गर्ने उद्धेश्यले प्रतियोगिता संचालन गरेको थियो । कार्यक्रममा प्रथम संन्तोष कुमार चौधरी,द्धितिय रम्भा कुमारी चौधरी र तृतिय ब्रहमदेव चौधरीलाई क्रमशः ५ हजार,३हजार र २ हजार सहित प्रमाण पत्र,डाइरी उपल्व्ध गराएको छ । त्यसैगरी वाल काव्य प्रतिभा पुरस्कार परिनिता चौधरी,पव्लिक लोकपृयता पुरस्कार भास्कर चौधरी र अमृता चौधरीलाई घडी डाइरी र प्रमाण पत्रले सम्मान गरेको थियो ।यसैगरी कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने क्रस्टिना सावुन उधोगका संचालक खिलेन्द्र चौधरी सानु,समाज सेवी उमेश चौधरी,ललित चौधरी लाई प्रंशसा पत्र र खादा उढाएर सम्मान गरिएको थियो ।

प्रतियोगितामा सहभागी जम्मा ३५ जना सवैलाई सहभागीताको पमाण पत्र सहित सम्मान गरिएको संस्थाको अध्यक्ष संजय चौधरीले बताए ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ सभा सदस्य सुनिता चौधरीले भाषा,धर्म कला,सस्कृती र साहित्य संरक्षणमा जोड दिनु पर्ने बताईन्। उनले थारु समुदायमा कविता प्रतियोगितालेनव नव थारु कविहरुको जन्म भएको बताइन् ।

साहित्यको माध्यमवाट भाषा,धर्म,रितिरिवाज र थारुको हक अधिकारको विषयमा कलम चलाउनु पर्ने बताइन् । कार्यक्रममा बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरी,थारु कल्याणकरी सभा उदयपुरका सभापती शिवकान्त चौधरी,त्रियुगा १३ का वडा अध्यक्ष पशुपती चौधरी ,थाकस संस्कृतिक संयोजक जनकलाल लेखी,थाकस प्रदेष पार्षद विनोद चौधरी,नेपाल थारु पत्रकार संघ उदयपुरका अध्यक्ष सुखिलाल चौधरीले शुभकामना मन्त्वय राखेका थिए ।

कविता प्रतियोगिताको निर्णयकको भुमिका साहित्यकार भगवानी चौधरी,रामचन्द्र चौधरी र लेखक शिवशंकर चौधरीको रहेको थियो । गाईघाटको मेलिना होटलको सभाहलमा सम्पन्न कार्यक्रममा मलिथम थारु सेवा समाज उदयपुरको उत्पादनमा तयार भएको जय हो माघी बोलको नयाँ थारु गितको म्युजिक भिडियो पनी सार्वजनिक गरिएको थियो ।

radioudayapur

ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर