बेलकाको फुड बैंकद्धरा दोश्रो चरणको राहत

0
268

बेलका । उदयपुरको बेलका नगरपालिका २ मा रहेको नव सार्वजनिक युवा क्लबद्धरा अति विपन्न घर परिवारमा खाध्य समाग्री सहयोग गरेको छ । “हुनेले दिएर जाऔ,नहुनेले लिएर जाऔ“ भन्ने नारा संगै युवा क्लबद्धरा संचाललित फुड बैंक मार्फत मंगलवार दोश्रो चरणमा ७ घर परिवारलाई खाध्य समाग्री सहयोग गरेको हो ।

विपन्न परिवारमा २५ के जी चामल (सोना मन्सुली), दाल ३ के जी( रातो मुसुरो), खानेतेल २ लिटर(सनफ्लावर), खानेनुन १ पोका, साबुन(१(लाइफबाय) गरि जम्मा रु १४ हजार ,२ सय १० रुपौया बरावरको (खाद्यान्न सामग्री सहयोग गरेको संस्थाका सह सचिव कृष्णमान चौधरीले बताए ।

चौधरीले संस्थाको औपचारिक रुपमा जिल्ला प्रशासन कार्यलय उदयपुरमा मिती भाद्र २६ गते दर्ता समेत भइसकेको र अवको कार्यक्रमहरु समाजिक जनचेतना मुलक आयोजना गर्ने जनाएको छ ।